भरतपुर । तमू प्ये ल्हू संघ चितवनको १५औँ वार्षिक साधारण सभा तथा पाँचौँ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा आगामी दुईवर्षे नयाँ नेतृत्वको लागि पुनः जगतबहादुर तमू चयन भएको हो ।
त्यसैगरी कार्यसमितिको प्रथम उपाध्यक्षमा तुलाराम तमू, द्वितिय उपाध्यक्षमा सुकबहादुर तमू, सचिवमा विक्रम तमू, सह–सचिवमा भूपाल तमू, कोषाध्यक्षमा मिनबहादुर तमू र सह–कोषाध्यक्षमा पदमबहादुर तमूलाई चयन गरिएको छ । यस्तै कार्यसमिति सदस्यहरूमा भने मोहन तमू, पूर्णमाया तमुस्यो, चित्रबहादुर तमू र तेजबहादुर तमू गरी हाललाई ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
वि.सं. २०६० सालमा स्थापना भएको तमू प्ये ल्हू संघ चितवनले हालसम्ममा १८ वटा इकाई समिति गठन गरिसकेको छ । नयाँ कार्यसमितिले आगामी दुईवर्षभित्र जिल्लाभरका सबैजसो तमू बस्तीहरूमा पुगेर इकाई समिति गठन गर्ने लक्ष्य लिइएको छ ।
छरिएर रहेका सम्पूर्ण तमू समुदायलाई एउटै छातामुनि राख्ने उद्देश्यले यो संस्था स्थापना भएको अध्यक्ष जगतबहादुर तमूले बताए । तमू समुदायको भाषा तथा संस्कार, संस्कृतिको संरक्षण र सम्वद्र्धनको लागि तमू प्ये ल्हू संघको जन्म भएको उनले बताए ।
कार्यक्रमको उद्घाटन तमू प्ये ल्हू संघका केन्द्रीय अध्यक्ष हितकाजी तमूले गरेका थिए । पछिल्लो समय तमूहरूको बसाइसराइसँगै आफ्नो मौलिक संस्कार संस्कृति बिर्सँदै गएकोले प्ये ल्हू संघमार्फत त्यसलाई जगाउने प्रयास गर्दै आएको बताए ।
आदिवासी जनजाति समुदायको मुख्य पहिचान भनेकै भाषा, संस्कार र संस्कृति भएको हुँदा नयाँ पुस्तालाई समेत यसबारे सचेत गराउन सके आफ्नो मौलिक संस्कार र संस्कृतिसँगै भाषाको संरक्षण र सम्वद्र्धन गर्न सकिने उनको भनाइ छ ।
September 21, 2019
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -