–बबिलाल तामाङ
२०५८ सालदेखि म यो क्षेत्रमा निरन्तर कार्यरत छु । सुरूवातमा गैँडाकोट, नवलपरासीबाट प्रकाशन शुभारम्भ गर्न लागेको आदर्श समाज दैनिकमा म छानिएको थिएँ । ०५८ माघ महिनादेखि आदर्श समाजमा आवद्ध भएँ । नौलो ठाउँ, सबै साथीहरु नयाँ थिए, कुनै कुनै मात्र पुराना थिए । मलाई मिडियामा अभिप्रेरित गर्नु हुने मित्र आत्माराम पाठकज्यू हुनुहुन्छ । उहाँ गैडाकोट, नवलपरासी निवासी हुनुहुन्छ । उहाँको सल्लाहले म मिडियामा प्रवेश गरेँ । उहाँकै सुझावले म आज विगत १५ वर्षदेखि मिडियामै कार्यरत छु । मैले विगत १५ वर्षमा मैले धेरै आरोह–अवरोहहरु पार्दै आएको छु । ‘आदर्श समाज’ दैनिकमा साजसज्जामा छनोटमा परेँ । मलगायत सन्दीप सुवेदीज्यू, शालिकराम पौडेलज्यू हामीसँगै छनोटमा प¥यौं । त्यसबेला मेरो पारिश्रमिक ४,४०० सय थियो । मैले जीवनमा यति धेरै तलब बुझेको पहिलो पटक नै थियो त्यसबेला ।
त्यतिबेला आदर्श समाज पत्रिका सम्पादक कृष्णप्रसाद बाँस्तोला हुनुहुन्थ्यो । हुन त आदर्श समाजको मुख्य कार्यालय पोखरा हो । यहाँ बास्तोला सरले शाखा बिस्तार गर्नुभएको थियो । विविध कारणले गर्दा आदर्श समाज दैनिक पत्रिका बन्द हुन पुग्यो । मैले यस संस्थामा ९ महिनामात्र काम गर्ने मौका पाएँ । बाँस्तोला सरले संस्थामा धेरै कर्मचारी भयो । थेग्न नसक्ने भयो तपाईलाई बिदा गर्दैछौँ भन्नुभयो । अनि मैले नचाहँदा नचाहँदै पनि यो मिडिया हाउस छोड्नु प¥यो । बास्तोला सरले पनि बाध्यताले गर्दा यस्तो निर्णय गर्नुपरेको थियो । मैले उहाँको समस्यालाई राम्रोसँग बुझेको थिएँ । परिस्थिति नै त्यस्तो बन्दियो कि मैले नछोडी सुखै भएन । जे भए पनि बाँस्तोला सर निकै सहयोगी, उदार भावनाका व्यक्तित्व हुनुहुन्छ । उहाँले पोखरामा आदर्श समाज दैनिक निरन्तर प्रकाशन गर्दै आउनु भएको छ ।
त्यसबेला आदर्श समाज दैनिक चितवन शाखाका कर्मचारीहरुमा चिन्तामणि पौडेल (सह–सम्पादक), सूर्यप्रकाश कँडेल (सह–सम्पादक), सम्वाददाताहरुमा रमेश पौडेल, नारायणप्रसाद अधिकारी, होमबहादुर के.सी. तथा साजसज्जामा सन्दीप सुवेदी, बबिलाल तामाङ र संकल्प पोख्रेललगायतका थियौँ ।
०५८ सालतिर चितवनमा मिडिया हाउसहरु कम थिए । चितवनमा दैनिक पत्रिकामा आदर्श समाज, चितवन पोष्ट दैनिक र पारदर्शी दैनिक मात्र थिए । तर, पछिल्लो समय चितवनमा मिडिया हाउस धेरै नै खुलिसकेका छन् । अहिले कायाकैरन दैनिक, लोकतन्त्र सन्देश, सञ्चारपत्र दैनिक पत्रिकाहरु प्रकाशनमा आइरहेका छन् । त्यस्तै साप्ताहिक पत्रिकाहरुमा जोश साप्ताहिक, नारायणी सेरोफेरो, चित्रवन सन्देश, भण्डाफोर डटकम, राजधानी आस्था, आक्रमण साप्ताहिकलगायतका पत्रिकाहरु प्रकाशनमा छन् । त्यस्तै अनलाइन मिडियाहरुमा नारायणी अनलाइन, ईचितवनपोष्ट, खबरचितवन, एटुजेड समाचार डटकमलगायत रहेका छन् ।
त्यसै समयमा शहीदचोक, नारायणगढबाट प्रकाशन हुने र चितवनकै पहिलो दैनिक पत्रिका चितवन पोष्ट दैनिकमा साजसज्जाको लागि कर्मचारी आवश्यक रहेको थाहा भयो । बेरोजगार मलाई के खोज्छस् कानो आँखा भनेजस्तै भयो । म हान्निएर चितवन पोष्टको कार्यालयमा आइपुगेँ । चितवन पोष्टका सम्पादक धर्मराज अर्याल सरसँग मैले मेरो जागिरको लागि निवेदन पेश गरेँ । चितवन पोष्टका अर्याल सरका छोरा भाष्कर अर्यालजीले मेरो कार्य टेष्ट गर्नुभयो । म परीक्षामा खरो उत्रिएँ । र, भोलिपल्ट तपाई आउन सक्नु हुनेछ भन्नुभयो । त्यो दिन २०५९ कार्तिक १० गते थियो । मिति २०५९ कार्तिक ११ गतेबाट मैले चितवन पोष्ट दैनिकमा आवद्ध भएँ । यो मेरो मिडिया हाउसमा दोस्रो पटक प्रवेश हो । त्यसबेलादेखि अहिलेका मितिसम्म म पोष्टमै कार्यरत छु । चितवन पोष्ट मिडिया हाउसमात्र नभएर एउटा आफ्नै घरजस्तो लाग्छ । यस पोष्टका सम्पादक धर्मराज अर्याल सर, प्रबन्ध सम्पादक जीवराज अर्याल सर राम्रा र मिजासिला व्यक्तित्व हुनुहुन्छ । उहाँहरु स्टाफलाई आफू नखाएर पनि हामी तलब दिन्छौं, भन्नुहुन्छ । उहाँहरुको यही स्वभावले होला चितवन पोष्ट दैनिकमा त्यहाँका कर्मचारीहरु निकै खुशी छन् । त्यसमा म पनि पर्छु एकजना । सह–सम्पादक सरहरु केशव भट्टराई, किशोर खनाल, मधुसूदन दवाडी, संगीत आयाम तथा प्रमुख संवाददाता दिपेन्द्र अधिकारी, सम्वाददाताहरु बसन्त पराजुली, होमनाथ सापकोटा, तुलमान गुरुङ, रमेशकुमार पौडेल सबैजना सबै सहयोगी र एक अर्काप्रति सद्भाव राख्ने खालका हुनुहुन्छ । त्यस्तै एकाउन्टेन्ट करिश्मा ढकाल तथा रिसेप्सनिष्ट सुमित्रा सापकोटा सबैजना सहयोगी र मिलनसार हुनुहुन्छ । चितवन पोष्ट मिडिया घरमात्रै नभएर एउटा न्यानो घर पनि हो यस अर्थमा ।
जतिबेला चितवन पोष्टमा प्रवेश गरेँ त्यस समय संकटकाल थियो । त्यसबेला बेलुका ८ बजेबाट बिहान ४ बजेम्म कफ्र्यू लाग्थ्यो । कुनै–कुनै दिन ६ बजे नै कफ्र्यू लागेको थियो त्यसताका । एकदिन धर्मराज सर र म पत्रिकाको टे«सिङ लिएर बिहान ४ बजे छापाखानातिर बाइकमा जाँदै थियो । हाम्रो आफ्नै पे्रस थिएन त्यो बेलामा हाम्रो पत्रिका नारायणी प्रेसमा छापिन्थ्यो । पुल्चोकमा आर्मीले हामीलाई रोक्यो । अर्को कुरा, बाइक दुई जना चढ्ने अनुमति थिएन त्यो ताका । आर्मीले भन्यो, बाइकमा डबल किन ? तपाईंलाई थाहा छैन, बाइक डबल अनुमति छैन ? अनि धर्म सरले भन्नुभयो, हामी पत्रिकाको मान्छे मेटर पु¥याउन जान लागेको हो (त्यतिभन्दै धर्मराज सर बाइकबाट ओर्लनुभयो) । त्यसबेला मनमा निकै भय पैदा भएको थियो मलाई । डराई–डराई टे«सिङ च्यापेर छापाखानातिर हानिएँ । मेटर पु¥याएर आएपछि धर्म सरसँग पुल्चोकमा भेट भयौँ । अनि म बाइकमा र सर पैदलै अफिस पुग्नु भयो ।
यस्तै यस्तै दिनहरु बित्दै गयो । करिब ५ वर्ष बितेपछि नेपाल पत्रकार महासंघको सदस्यता लिन मन लाग्यो । सदस्यताको लागि बाइलाइन न्यूज, अफिसको नियुक्तिपत्र, सिफारिस पत्र चाहिने रहेछ । त्यसपछि मेरा अनन्य मित्र केशव भट्टराई सरसँग न्यूजको लागि सहकार्य गर्न थालेँ । भट्टराई सरले न्यूज लेख्ने तरिकाबारे मलाई सिकाउनु भयो । मैले पनि त्यहीअनुसार फलोअप गर्दै गएँ । न्यूजहरु लेख्ने तरिका सिक्दै गएँ । मेरो पनि पत्रिकामा बाइलाइन आउन थाल्यो । विभिन्न प्रोग्रामहरुको फोटो खिच्ने, न्यूजहरु लेख्ने गर्दै गएँ । पछि मैले महासंघमा सदस्यताको लागि निवेदन दिएँ र २०६४ सालमा मैले नयाँ सदस्यता पाएँ । मलाई सहयोग गर्नुहुने केशव भट्टराई सरलाई धेरैधेरै धन्यवाद दिएँ मनमनै ।
२०६७ सालको नेपाल पत्रकार महासंघ चितवनको अधिवेशनमा मैले उम्मेदवारी दिने निर्णय गरेँ र जनजाति कोटाबाट जाने इच्छा व्यक्त गरेँ मेरो अग्रज पत्रकार दाजुहरुसँग । तर, त्यसबेला सन्तकुमारी चौधरीलाई जनजाति कोटाबाट जान दिने अर्कोपटक तिमीलाई गरौंला भन्ने आश्वासन दिनुभयो । मैले सोचेँ– जो गए पनि आखिर हाम्रै जनजाति साथीहरु हो नि ! अर्को पटक पालो आउँछ भनी मनलाई सान्त्वना दिँदै, मित्र सन्तकुमारी चौधरीलाई बाटो सहज बनाउने काम गरियो । पछि खुल्लाबाट लड्ने निर्णय भयो । अनि खुल्लाबाट चुनाव लडियो । तर, एक भोटले गर्दा म विजयी हुन सकिनँ । त्यसबेला मलाई भोट दिनु भएका सम्पूर्ण दाजु, साथीभाइ, दिदीबहिनीहरुमा मेरो हार्दिक आभार अझै पनि प्रकट गर्न चाहन्छु । र, सधैँ–सधैँ यसैगरी मलाई सहयोग र साथ दिनुहोला भन्ने अपेक्षा राखेको छु ।
समय बित्दै गयो । अनि मैले र मेरा तामाङ पत्रकार साथीहरुले तामाङ सञ्चार समूह बिस्तार गरौँ चितवनमा पनि भन्ने छलफल ग¥यौँ । २०७३ माघमा नेपाल पत्रकार महासंघ चितवनका कार्यसमिति सदस्य मोहनचन्द्र रुम्बाको अगुवाइमा तामाङ सञ्चार समूह जिल्ला शाखा चितवन गठन भयो । समूहमा उर्गेन लो तामाङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरियो । जसको उपाध्यक्षमा सरस्वती लामा, सचिवमा ज्ञानेन्द्र तामाङ, सहसचिवमा नीरा तामाङ, कोषाध्यक्षमा बबिलाल तामाङ र सदस्यहरुमा अनुपा सेनदेन, चाहत तामाङ, सुनिता तामाङ, दिपेन्द्र थिङ, कोपिला लामा, सञ्जय तामाङ, रविन तामाङ रहेका छन् । यसरी गठन भएलगत्तै हामीले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै गयौँ । २०७१ माघ १ गते पहिलो कार्यक्रम तामाङ चलचित्र ‘पहिचान’ च्यारिटी शो प्रदर्शन ग¥यौँ । त्यसै वर्ष तामाङ समुदायमा निजी तथा सामुदायिकतर्फ उत्कृष्ट नतिजा ल्याउने तामाङ विद्यार्थीहरुलाई सम्मान गरियो । समूहको आयोजनामा पत्रकार तथा विभिन्न संघसंस्थाहरु आपसी सद्भाव बढोस् भन्दै मैत्रीपूर्ण फुटबल आयोजना गरियो । विभिन्न समयमा छलफल तथा अन्तक्र्रिया तथा पिकनिक कार्यक्रमहरु ग¥यौँ । समूहले प्रत्येक वर्ष भित्ते पात्रो प्रकाशन गर्दै पनि आइरहेको छ । जसमा तामाङ जातिको धर्म, संस्कृति, संस्कार, ऐतिहासिक दिन, चाडपर्वलगायत समेटिएको छ ।
२०७३ माघ १५ गते नेपाल पत्रकार महासंघमा टे«निङ चलिरहेको थियो । त्यस टे«निङमा म सहभागी भएको ५ मिनेट पनि नबित्दै भरतपुर नगर तामाङ समाजका सचिव सूर्यप्रकाश लामाज्यूले फोन गर्नुभयो, तपाई कहाँ हुनुहुन्छ ? – मैले जवाफ दिएँ, म टे«निङमा हो सर भनेँ । उहाँले भन्नुभयो, तपाईंलाई केही कम्युनिकेशन भएन र भन्नुभयो, मैले सोधें, के हो र सर ? उहाँले भन्नुभयो, ‘तपाईलाई सम्मान गर्ने कार्यक्रम छ, तपाईं ५ मिनेटभित्र गुम्बामा तु. आउनुहोस् । अनि मैले टे«निङ छोडेर सम्मानतिर जान बाध्य भएँ । म हानिएर गुम्बा पुगेँ जहाँ भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डे भाषण गर्दै हुनुहुन्थ्यो । म पुगेको एक मिनेटमै उहाँको भाषण सकिएको थियो । भरतपुर नगर तामाङ समाजका अध्यक्ष गंगालाल लामाले मलाई स्वागत गर्नुभयो मन्त्री पाण्डेद्वारा सम्मानित गर्नुभयो । यो मेरो लागि निकै गौरवको क्षण थियो । त्यस दिन म ज्यादै खुशी भएँ । सम्मान–पत्रमा तामाङ जातिको भाषा, धर्म, संस्कृति र पहिचानलाई स्थापित गराउन पत्रकारिताको माध्यमबाट मह¤वपूर्ण भूमिका निर्वाह गरेको लेखिएको छ । भरतपुर नगर तामाङ समाजप्रति हार्दिक कृतज्ञता जाहेर गरेँ । सम्मानित हुने अवसर पटक–पटक पाएको छु । तर, यो सम्मानले मलाई अझ बढी जिम्मेवारी थपेको महसुस गरेको छु । भविष्यमा अझ अरु बढी गर्नुपर्छ भन्ने आभाष दिलाएको छ । भविष्यमा पनि अझ धेरै गर्ने प्रण गर्छु ।
यस्तै–यस्तै गर्दै समय बित्दै गइरहेछ । मलाई मिडियामा अभिप्रेरित गर्नु हुने मेरो अनन्य मित्र आत्माराम पाठक, मलाई मेरो पहलकदमी साथ दिनुहुने मित्रहरु केशव भट्टराई, गोविन्द अर्याललगायत सम्पूर्ण मित्रहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
- ADVERTISEMENT -