भरतपुर । भरतपुरको गेष्ट हाउस जारी ‘प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फुटबल’ को फाइनलमा रोयल एफ सि दार्जिलिङ र झापा भेटेरान झापा पुगेका छन् । प्रतियोगिताको फाइनल खेल आज दिउँसो ३ बजे हुने आयोजकले बताएको छ ।
पहिलो खेलमा टि बर्गर ललितपुरलाई टाईब्रेकरमा पराजित गर्दै दार्जिलिङले फाइनलमा स्थान बनाएको हो । निर्धारित खेलमा दुबै टिमले १–१ को बराबरीमा खेलेकाले निर्णय टाईब्रेकरमा गएको हो । टाईब्रेकरमा दार्जिलिङ ३–२ गोल अन्तरले बिजयी भएको हो ।
त्यसैगरी दोस्रो खेलमा आयोजक चितवन भेटेरान रातोलाई २–१ ले पराजित गर्दै झापा भेटेरान झापा फाइनल प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक खेलमा झापालाई जिताउन भुपेन भेषराज लिम्बु र हर्क गुरुङले गोल गरे । चितवनका लागि चक्र पुनले गोल गरेका थिए ।
भेन्ट्रान कपको फाइनल आज ३ बजे हुने (मंगलबार) आयोजकले जनाएको छ ।
दार्जिलिङ र झापा उपाधिका लागि आज भिड्दै
September 24, 2019
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -