Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

६ वर्षिया बालिकाको उपचारका लागि सहयोगको अपिल

प्रकाशित मिति : २०७६ आश्विन ९ गते

सुनिता लामा
खैरहनी । खैरहनी नगरपालिका वडा नं. ३ की ६ वर्षिया बालिका हाईड्रोसेफल्स (मस्तिष्कमा पानी जमेको) रोगले ग्रसित हुँदा जीवन र मृत्युको दोसाँधमा छिन् । विगत ५ वर्षदेखि अस्थायी बसोबास गर्दै आएका उनको परिवारको आर्थिक अवस्था निकै कमजोर छ । उपचारका लागि उनकी बुबा आमाले सबैसँग अपिल गरेका छन् ।
उनीलाई जन्मिएको ३ वर्षमै यो रोग लागेको उनका बुबाआमा बताउँछन् । उनी अहिले बोल्न, हिँड्न नसक्ने गरी अशक्त भएकी छन् । विगत ३ वर्षदेखि छोरीको उपचारका लागि सहयोग स्वरुप रु. ४ लाख जम्मा भएको उनकी बाबु रामु अधिकारी बताउँछन् । उनकाअनुसार हालसम्म उपचारका लागि ५ लाख खर्च भैसकेको र छोरीको उपचारका लागि रु २०,२५ लाख लाग्ने अस्पतालले बताएको छ ।
साहुको १३ कठ्ठा जग्गा वर्षको ३० हजारका दरले भाडामा लिएर खेती गर्दै आएका उनको ५ जनाको परिवार सोही जग्गामा सानो टहरामा बसोबास गर्दै आएका छन् । खेतबारीको उपजले बिहान बेलुकीको गाँसबास मात्रै ठिक्क हुने, उपचारको लागि २५ लाख जोहो गर्न सकस परेको अधिकारी बताउँछन् । टिचिङ अस्पताल, वीर अस्पताललगायत नेपालका विभिन्न अस्पताल धाएको अधिकारीको भनाइ छ । बालिकाको उपचारको लागि चिकित्सकका अनुसार शल्यक्रियाको विकल्प नभएको अधिकारीले बताए । हालसम्म रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाले रु ५,५ हजार सहयोग गरेको तर कुनै संघ संस्थाले सहयोग नगरेको गुनासो गरेका छन् ।
बालिकाकी आमा सीता अधिकारीको नाममा एस बी आई बैंक, कुलेश्वर शाखाको खाता नम्बर २१५१५२४१४०२३६१ मा सहयोग स्वरुप रकम जम्मा गरी वा ९८४२६३१०४० र ९८०६८०३६३१ मा सम्पर्क गरेर छोरी बचाई दिन अधिकारी दम्पतिले सबैसँग अपिल गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23