January 24, 2025
- ADVERTISEMENT -

रोनाल्डो सर्वाधिक ७०० गोल गर्ने खेलाडी बन्दै

October 12, 2019

काठमाडौं । शुक्रबार राति भएको खेलमा पोर्चुगलले लग्जम्बर्गलाई पराजित गरेको छ । पोर्चुगलले लग्जम्बर्गलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
पोर्चुगलका क्रिष्टियानो रोनाल्डो अहिलेसम्म ६९९ गोल गरी सकेका छन् । सोमबार हुने खेलमा उनले युक्रेनविरुद्ध १ गोल मात्रै गरे पनि ७०० गोल हुने छन् । यो सँगै उनी ७०० गोल पूरा गर्ने छैटौं फुटबलर बन्नेछन् । रोनाल्डोको ७०० गोलनजिक पुग्दै गर्दा पोर्चुगलले युरोकप छनोटमा लग्जम्बर्गमाथि सहज जित हासिल गरेको छ ।
घरेलु मैदानमा भएको उक्त खेलमा १६औं मिनेटमै पोर्चुगलका बर्नाडो सिल्भाको गोलबाट अग्रता लिएको थियो । उक्त खेलमा दुई गोल पहिलो पछि भएको हो । खेलको ६५औं मिनेटमा रोनाल्डोले पोर्चुगलका लागि गोल गरे । पोर्चुगलका लागि तेस्रो गोल भने खेल सकिनै लाग्दा गोन्जालो गेइजले गरेका थिए ।
यो जितसँगै पोर्चुगल ५ खेलबाट ११ अंककासाथ समूह बीको दोस्रो स्थानमा रहेको छ । शीर्गा स्थानमा रहेको युक्रेनको ६ खेलबाट १६ अंक छ भने तेस्रो स्थानमा रहेको सर्बियाको ७, चौथो स्थानमा रहेको लग्मबर्गको ४ र पुछारको लुथिआनियाको १ अंक छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -