December 6, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘चितवनका मिडिया हाउसबाट ‘कार्टुन’प्रति उपेक्षा’

November 14, 2019

भरतपुर । अदब मिडिया नेकवर्क प्रा.लि.ले नेपाल पत्रकार महासंघ चितवनको हलमा पत्रकारिता र अनलाइन प्रेसबारे बुधबार पत्रकारहरुबीच अन्तक्र्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् चितवन शाखाका पूर्वअध्यक्ष कृष्ण गिरीले पत्रकारितालाई बिकाउ र टिकाउ गर्न आग्रह गरे । त्यस्तै, केन्द्रीय सदस्य सृजना अर्यालले अनलाइन पत्रकारितामा जनमानसमा विश्वसनीयता अझै नआइसकेको बताइन् ।
चितवन पोष्ट दैनिकका वरिष्ठ सहसम्पादक रामबाबु सुवेदीले पत्रपत्रिकामा कार्टुनको प्रयोग निकै प्रभावकारी रहेको बताए । चितवनका मिडिया हाउसले कार्टुनको उपेक्षा गरेको उनले थपे । एउटा कार्टुनले एउटा लेख बराबरको बोल्ने उनको भनाइ थियो । त्यस्तै नेपाल पत्रकार महासंघ चितवनका महासंघका जिल्ला उपाध्यक्ष नारायण अधिकारीले रिपोर्टिङको शैली फेरिएको र त्यही अनुसार आफूलाई ढाल्नु पर्ने बताए । महासंघका पूर्वअध्यक्ष हरि पोखरेलले बदलिँदो परिवेशअनुसार प्रविधिलाई साथमा लिएर काम गरिनुपर्ने बताए ।
कार्यक्रममा पत्रकारहरु तिलक रिमाल, मधुसुदन दवाडीलगायतले आफ्नो अनुभवहरु सुनाएका थिए । कार्यक्रम अदव मिडियाका नेटवार्क प्रालिका सचिव दिपेन्द्र अधिकारीले संचालन गरेका थिए भने अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -