नारायणगढ । बालकुमारी माविको स्वर्ण महोत्सव अन्तर्गत सप्ताहव्यापी सरसफाइ कार्यक्रमको शुभारम्भ भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले गरेकी छिन् । शुभारम्भ समारोहमा सम्बोधन गर्दै उपमेयर शाहले सरसफाइ गर्न सकारात्मक सोचका साथ आफैबाट सुरू गर्नुपर्ने, कसैको बाटो नहेरी आफैँबाट गर्छु भन्ने भावना जागृत गराउनु पर्ने बताइन् ।
उपमेयर शाहले चेतनाको स्तरवृद्धि आफैँबाट सुरु गर्नुपर्ने, सरसफाईको लागि सबै जागरुप हुन आग्रह गरिन् । भरतपुर महानगरले अरूका लागि के सिकाउन सक्छौ भन्ने सोचलाई पहिलो प्राथमिकता दिएर काम गरेको उपमेयर शाहले भनिन् ।
विद्यालयकी शिक्षिका तथा सरसफाई कार्यक्रमकी संयोजक करूणा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षिका विष्णुमाया दवाडीले स्वागत मन्तव्य दिएकी थिइन् । विद्यालयका शिक्षक सुरेन्द्र अस्तफलले सञ्चालन गरेको कार्यक्रममा प्राचार्य नारायणबहादुर थापा, पूर्व प्रधानाध्यापक सरस्वती रिजालसहित विद्यार्थीहरु मिलेर झण्डै १ घण्टा सरसफाइमा सरिक भएका थिए ।
December 2, 2019
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -