२०८२ असार २४, मंगलवार
July 8, 2025
२०८२ असार २४, मंगलवार
July 8, 2025 Tuesday

मानव सेवा आश्रमका वृद्धवृद्धालाई भोजन

प्रकाशित मिति : २०७६ मंसिर २१ गते

भरतपुर । अन्तर्राष्ट्रिय लियो दिवसको अवसर पारेर मानव सेवा आश्रम भरतपुरका वृद्धवृद्धाहरुलाई भोजन वितरण गरिएको छ । देशमा सडक मानव मुक्त गर्ने उद्देश्यकासाथ लियो क्लब अफ वीरेन्द्रनगरले वृद्धवृद्धाहरुलाई भोजन वितरण गरेको हो ।
संस्थाले गरेको यो सहयोग अतुलनीय रहेको भन्दै सबैलाई मन खोलेर सहयोग गर्न संस्थाकी महासचिव रुपा केसीले आग्रह गरिन् । कार्यक्रममा लियो चितवन वीरेन्द्रनगरका संस्थापक अध्यक्ष लियो प्रकाश कालाखेती, डिल्लीराम अधिकारी, हरिशरण डल्लाकोटी, सुधीर अर्याल, श्री कृष्ण गौतम, राजेश रुम्बा तामाङ, दिपक कंडेल, लियोका पूर्व अध्यक्ष सुदिप कंडेललगायतको उपस्थिति रहेको थियो ।
मानव सेवा आश्रम भरतपुर चितवनमा ८५ जना वृद्धवृद्धाहरु आश्रित छन् ।
लायन्स चितवन वीरेन्द्रनगरको संस्थापक अध्यक्ष लायन राजकुमार कंडेलको प्रमुख अतिथ्यतामा सम्पन्न सो कार्यक्रममा दिपेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -