२०८२ कार्तिक २४, सोमबार
November 10, 2025
२०८२ कार्तिक २४, सोमबार
November 10, 2025 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

साहसिक साइकल अभियन्ता सापकोटा सम्मानित

प्रकाशित मिति : २०७६ मंसिर २१ गते
सम्मानित हुँदै साइकल अभियन्ता रुक्मिणी सापकोटा ।
- ADVERTISEMENT -

नारायणगढ । भूतपूर्व विद्यार्थीहरुको संस्था बालमाविद् एलुम्नाई एशोसियशनले बालकुमारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव अवसर पारेर शनिबार वृहत साइकल ¥याली सम्पन्न गरेका छन् । उक्त साइकल ¥याली विद्यालयबाट सुरु भई भरतपुर–नारायणगढ परिक्रमा गरी विद्यालयमै आएर समापन भएको थियो ।
प्रदेश नं. ३ का सांसद कृष्णप्रसाद भुर्तेलले साइकल ¥यालीको शुभारम्भ गरेका थिए भने उक्त ¥यालीको समापन पनि गर्दैै सांसद भुर्तेलले चितवनमा शैक्षिक इतिहास बोकेको बालकुमारी स्कुलमा स्वर्ण महोत्सवका अवसरमा भएगरेका कार्यक्रम सफल हुँदै गइरहेको बताए । कार्यक्रममा साहसिक साइकल अभियन्ता रुक्मिणी सापकोटा घिमिरेलाई सम्मान गरिएको थियो ।
मंसिर ६ गते लैंगिक समानता, पर्यटन वर्ष २०२० र स्वस्थ पर्यावरणको लागि साइकल भन्ने सन्देश बोकेर हिन्दु संस्कृतिको केन्द्रबिन्दु काठमाडौंमा अवस्थित पशुपतिनाथको मन्दिरबाट सिन्धुलीगढीहुँदै जनकपुरको जानकी मन्दिर र त्यसपछि हेटौंडाहुँदै नारायणगढ–देवघाटको यात्रा पनि पूरा गरिसकेकी छिन् । यो यात्रा करिब ६०० कि.मि. को थियो ।
साइकल अभियन्ता सापकोटा आगामी दिनमा पनि पर्यटन वर्ष २०२० लाई प्रवद्र्धन गर्न सुन्दर रारा, माथिल्लो मुस्ताङ, मनाङ जिल्लामा रहेको सबैभन्दा अग्लो ताल तिलिचो ताल जाँदैछिन।
उक्त कार्यक्रममा साइकल राइडर्स संघ चितवनका उपाध्यक्ष पदमबहादुर बानियाँ, साईकल राइडर अभियन्ता रुक्मिणी सापकोटा घिमिरे, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देशीराम प्रधान, प्रधानाध्यापक नारायणबहादुर थापालगायतले साइकलको प्रयोग गर्नु पर्यावरण र मानव स्वास्थ्यको दृष्टिकोणले राम्रो भएको बताए ।
एलुम्नाईका महासचिव सेवन पन्तले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता बद्रिलाल प्रधानको रहेको थियो । स्वर्ण महोत्सवको समापन मंसिर २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने विद्यालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -