भरतपुर । नेपाल पत्रकार महासंघ चितवन शाखाद्वारा आयोजित ‘मोबाइल जर्नालिज्म’ (मोजो) तालिम सकिएको छ । मोजो तालिम शुक्रबारबाट सुरु भएर शनिबार महासंघको आफ्नै हलमा समापन भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पत्रकारहरुलाई निर्धक्क भएर पत्रकारिता गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले भने ‘पत्रकारहरुका लागि सुरक्षाका निम्ति कुनै कमी हुन दिदैँनौ’, ‘सुरक्षामा कुनै समस्या देख्नु भए हामीलाई भन्नुस् ।’
नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले प्रविधिको उच्चतम प्रयोग गर्दै पत्रकारहरुको क्षमता विकास गर्न महासंघले विभिन्न तालिमहरुको आयोजना गरेको बताए । अध्यक्ष खतिवडाले २०७६ लाई महासंघले तालिम वर्ष घोषणा गरेको बताए ।
खोज पत्रकारिता केन्द्र (सीआईजे)का प्रशिक्षक रामु सापकोटाले सूचना संकलन एवम् सम्पादनमा मोबाइल पत्रकारिताको विश्वव्यापी प्रयोग भइरहेकोले यसको प्रयोग अनिवार्य भएको जानकारी दिए । तालिममा ७० प्रतिशतभन्दा बढी विशेषताहरु यसबाट हुने जानकारी दिँदै यसको प्रयोगले समाचार संकलन र प्रसारण गर्न सके मह¤वपूर्ण उपलब्धि हुने उनले भने ।
प्रेस संगठनका केन्द्रीय सदस्य शालिग्राम नेपाल, प्रेस युनियन चितवन शाखाका अध्यक्ष अनिल ढकालले मोजो तालिमबाट सबैलाई धेरै जान्ने मौका पाएको बताए । तालिममा सहभागी पत्रकारहरुले एउटा फोटोले धेरै कुरा बोल्न सक्छ भन्ने कुरालाई अब प्रमाणित गर्न आफूहरुलाई सहज भएको बताए । उक्त तालिममा ३२ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।
December 15, 2019
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -