July 22, 2024

घोरसेमी कालिकादेवीथानको समुद्घाटन हुने

December 18, 2019

मकवानपुर । राक्सिराङ गाउँपालिका वडा नं. ६ को सिमर गाउँमा रहेको घोरसेमी कालिकादेवीथानको समुद्घाटन पुस ५ गते शनिबारको दिन हुने भएको छ । उद्घाटन राक्सिराङ गाउँ पालिका वडा नं. ६ का वडा अध्यक्ष सिंगलाल चेपाङद्वारा गरिने कालिकादेवीथान संरक्षण समितिका अध्यक्ष दिप लोप्चनले जानकारी दिए ।
परापूर्वकालदेखि पूजा गर्दै आएको कालिकाथान समुद्घाटनमा विविध सांस्कृतिक कार्यक्रम पनि गरिने अध्यक्ष लोप्चन बताए । सांस्कृतिक कार्यक्रममा ख्याती प्राप्त कलाकार रविन चेपाङलगायत स्थानीय कलाकारहरु इन्कार तामाङ, बालिका तामाङ, प्रशान्त चेपाङ, आयेश चेपाङ, गमबहादुर चेपाङ र राधिका चेपाङलगायतको प्रस्तुति रहने अध्यक्ष लोप्चन बताए ।
उक्त कार्यक्रम भव्य रुपमा सफल बनाउन सम्पूर्ण टोलवासीलगायत माहनुभावहरुलाई उपस्थितिको लागि अध्यक्ष लोप्चनले अनुरोध गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -