२०८२ असार ३१, मंगलवार
July 15, 2025
२०८२ असार ३१, मंगलवार
July 15, 2025 Tuesday

राष्ट्रिय दलित पत्रकार संघ चितवनको संयोजकमा अमिर

प्रकाशित मिति : २०७६ पुष २ गते

भरतपुर । राष्ट्रिय दलित पत्रकार संघ चितवन जिल्लाको प्रारम्भिक भेला सम्पन्न भएको छ । उक्त भेलाले राष्ट्रिय दलित पत्रकार संघ चितवनको संयोजकमा अमिर रामदामलाई चयन गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ चितवन शाखाको कोषाध्यक्ष एवं प्रेस संगठन चितवनका संयोजक प्रकाशमणि ज्ञवालीले समतामूलक समाज निर्माणसँगै जातीय विभेद अन्त्यका लागि दलित समुदायका सञ्चारकर्मी तथा पत्रकारहरूको महत्वपूर्ण भूमिका रहने बताए ।
त्यस्तै नेपाल प्रेस युनियन चितवनका उपाध्यक्ष सुर्यप्रसाद अधिकारीले सबै दलित समुदायका पत्रकारहरू एक भएर स्वच्छ रूपमा कार्यसम्पादन गर्न अनुरोध गरे । अधिकारीले आज पनि दलित समुदायका पत्रकारहरू हेपिएको कुरा आइराखेको र अबका दिनमा अझ बढी सशक्त भएर लाग्नु पर्ने बताए ।
भेलामा राष्ट्रिय दलित पत्रकार संघ प्रदेश नम्बर तीनको सहसचिव सरोज उपरकोटीले अब हामी छरिएर नभई एक भएर अघि बढ्ने समय आएको बताए । उनले पत्रकार महासंघले दलित समुदायका पत्रकार एवं सञ्चारकर्मीहरूलाई सदस्यता प्रदान गर्ने सवालमा उपेक्षा गरेको बताए ।
प्रथम प्रारम्भिक भेलाले अमिर रामदामको संयोजकत्वमा २१ सदस्यीय समिति चयन गरेको छ । समितिको सदस्य सचिवमा श्याम विश्वकर्मा, सदस्यहरूमा गोपाल विश्वकर्मा, शिव सुनार, सन्तोष परियार, शम्भु विश्वकर्मा, मनिका विश्वकर्मा, विजय विश्वकर्मा, संगिता घताने, अनुष्का विश्वकर्मा, विजय विश्वकर्मा पोखरेल, प्रिती पोखरेल, यात्री छिदाल, सन्तोष सुनार, राज प्रणय, खड्क सुनार, कृष्ण सुनार, शर्मिला विक, पवित्रा बर्देवा, मीना परियार र प्रदेश सदस्य अशोक परियार सर्वसम्मत चयन भएका छन् ।
आगामी पुष १२ गते बृहत भेलासहित घोषणा सभा मार्फत कार्यसमिति घोषणा गर्ने निर्णय गरेको छ । भेलाको अध्यक्षता अमिर रामदामले गरेका थिए भने कार्यक्रम संचालन श्याम विश्वकर्माले गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -