October 3, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘अबको सहकारी स्तरीकरण तथा गुणस्तरीय’

December 28, 2019

गैंडाकोट । सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्थाले संस्थाका पुराना तथा नयाँ सदस्यहरुबीच परिचय गराउने तथा संस्थागत जानकारी दिने उद्देश्यले शुक्रबार वनभोज तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष थिरप्रसाद धितालले नयाँ तथा पुराना सदस्यहरुलाई संस्थाको वर्तमान गतिविधिको बारेमा जानकारी गराएका थिए । नयाँ सदस्यहरुलाई संस्था के हो र यसले के गर्छ भन्ने थाहा नहुने भएकाले यो परिचयात्मक कार्यक्रमले सबै सदस्यहरु बीच एक आपसमा सौहाद्र्धता तथा चिनजान बढ्ने बताए । कार्यक्रममा अध्यक्ष धितालले संस्थाको शेयर पूँजी, विभिन्न कोषहरुमा भएका पूँजीको बारेमा नयाँ तथा पुराना सदस्यहरुलाई बताएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेफ्स्कुनका केन्द्रीय उपाध्यक्ष शान्ति अधिकारीले, पदले मात्र ठूलो नहुने, आफूलाई टिकाई राख्न काम र सक्रियतामा सबै महिला दिदीबहिनीहरुलाई जोड दिन आग्रह गरिन । सहकारीहरुले मर्जरको नीतिलाई अगाडि बढाएर स्तरीकरण गर्ने र गुणस्तरीय सहकारी संस्थाको रुपमा निर्माण गर्नुपर्ने समय आएको अधिकारीले बताइन् ।
कार्यक्रममा वडा नं. २ का वडाअध्यक्ष पूर्णबहादुर श्रेष्ठ, नेफ्स्कुन काठमाडौँका लेखा सुपरीवेक्षण समिति संयोजक नवराज श्रेष्ठ, ३ नं प्रदेश बचत तथा ऋण सहकारी संघ सञ्चालक सदस्य तेजेन्द्रबहादुर खड्का, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव रामराज पौडेल, उवासंघ–चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, संस्थाका निवर्तमान अध्यक्ष पुरूषोत्तम गौतम तथा संस्थाका सल्लाहकार दीपककुमार उप्रेतीलगायतले मन्तव्य दिएका थिए ।

- ADVERTISEMENT -