भरतपुर । कम्प्युटर एशोसियसन नेपाल महासंघ, चितवनले ‘प्रभु पे क्यान इन्फोटेक २०२०’ मेला आयोजना गर्ने भएको छ । भरतपुर–४, लायन्सचोकमा माघ २४ देख २८ गतेसम्म सो मेला आयोजना हुने मूल आयोजक समितिका संयोजक सन्तोष भुषालले सोमबार पत्रकार भेटघाटमा बताए ।
सूचना प्रविधि र मनोरंजनको क्षेत्रमा जनचेतना अभिवृद्धि गर्न, नयाँ पुस्तालाई सक्षम, स्वावलम्बी र प्रविधिमैत्री जनशक्ति निर्माण गर्न मेलाको हुन लागेको उनको भनाइ थियो । नेपालमै बसेर सूचना प्रविधिको क्षेत्रमा भविष्य बनाउन चाहने र विशेषगरी युवा विद्यार्थीहरुको प्रतिभा देखाउने तथा प्रोत्साहन गर्ने उद्देश्य राखी मेला गर्न लागेको भुषालले बताए ।
सूचना प्रविधिको क्षेत्रलाई व्यापक रुपमा प्रचार प्रसार गर्ने र व्यवस्थित ढंगले मेला हुन लागेको कम्प्युटर एशोसियसन नेपाल महासंघ केन्द्रीय सदस्य भानु शर्माले बताए । सूचना प्रविधिको विकास र विस्तारका लागि प्रेरित युवा पुस्ताहरुका नवीन अवधारणाहरुलाई अझ बढी परिस्कृत बनाउनका लागि चितवनमा पहिलो पटक ह्याकथन आयोजना गरिएको र उत्कृष्ट प्रस्तोतालाई पुरस्कृत समेत गरिने उनले बताए ।
प्रदेश स्तरीय क्यान इन्फोटेक मेला हुने भएकाले भरतपुर महानगरपालिका, वडालगायतका सबैलाई अनिवार्य सहभागिता गराउने अक्सफोर्ड कलेज गैंडाकोटका प्रिन्सिपल हरि भण्डारीले जानकारी गराए ।
मेला अवधिभर ४५ लाख ६० हजार आम्दानी गर्ने लक्ष्य राखिएको छ भने अनुमानित खर्च ४३ लाख हुने आयोजकले जानकारी गराएका थिए । मेलामा ८१ वटा स्टल रहने छन् ।
January 6, 2020
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -