नारायणगढ । बालकुमारी माध्यमिक विद्यालय नारायणगढले ५४औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रम आइतबार सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले अहिलेको शिक्षा बेरोजगारहरुले देशलाई मागी खाने भाँडो बनाएको बताए । उनले रोजगारमुखी शिक्षा नभएकोले बेरोजगार उत्पादन गर्ने काम मात्रै भएको बताए । शिक्षालाई रोजगारमुखी बनाउनु पर्नेमा उनले जोड दिए ।
स्वर्ण महोत्सवको अवसर पारेर निर्माण सम्पन्न गरिएको स्वर्ण गेट, स्वर्ण स्तम्भ र केही समयअघि निर्माण गरिएको दुईकोठे भवनको प्रमुख अतिथि तिमिल्सिनाबाट उद्घाटन गरिएको थियो ।
उक्त कार्यक्रममा स्वर्ण महोत्सव मूल समारोह समितिका अध्यक्ष देशीराम प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक, कर्मचारी, चन्दादाता, अक्षयकोषका दाता लगायतलाई सम्मान गरिएको थियो ।
स्वर्ण महोत्सव सम्पन्न गर्न बालकुमारी माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले अभुतपूर्व सहयोग गरेका छन् । विद्यालयको स्वर्णद्वार एसएलसीको विभिन्न ब्याचका विद्यार्थीहरुको आर्थिक सहयोगबाट निर्माण गरिएको हो ।
स्वर्ण महोत्सव सम्पन्न गर्न एक हजार ५४ सदस्यीय मूल समारोह समिति, ३५ सदस्यीय उपसमिति र १७ सदस्यीय सचिवालय समिति गठन गरिएको थियो । स्वर्ण महोत्सवका अवसरमा विभिन्न मितिमा हात्तीसहितको शोभायात्रा, पूर्व विद्यार्थी एवं शिक्षक पुनर्मिलन, रक्तदान, शैक्षिक गुणस्तर सम्बन्धी अन्तरक्रिया लगायतका कार्यक्रमको आयोजना गरिएको थियो ।
२०२२ सालमा स्थापना भएको बालकुमारी माध्यमिक विद्यालयले विविध कारणवश चार वर्षपछि अहिले स्वर्ण महोत्सव मनाएको हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

बालकुमारी माविले मनायो स्वर्ण महोत्सव

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.72
145.32

European Euro
1
171.61
172.32

UK Pound Sterling
1
196.96
197.77

Swiss Franc
1
188.03
188.81

Australian Dollar
1
102.06
102.48

Canadian Dollar
1
106.26
106.70

Singapore Dollar
1
114.49
114.96

Japanese Yen
10
9.43
9.47

Chinese Yuan
1
20.95
21.03

Saudi Arabian Riyal
1
38.59
38.75

Qatari Riyal
1
39.71
39.87

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
39.40
39.56

Malaysian Ringgit
1
37.04
37.19

South Korean Won
100
10.00
10.04

Swedish Kroner
1
16.16
16.23

Danish Kroner
1
22.97
23.07

Hong Kong Dollar
1
18.51
18.59

Kuwaity Dinar
1
474.26
476.22

Bahrain Dinar
1
383.85
385.44

Omani Rial
1
375.92
377.48













