January 21, 2025
- ADVERTISEMENT -

बालकुमारी माविले मनायो स्वर्ण महोत्सव

January 26, 2020

नारायणगढ । बालकुमारी माध्यमिक विद्यालय नारायणगढले ५४औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रम आइतबार सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले अहिलेको शिक्षा बेरोजगारहरुले देशलाई मागी खाने भाँडो बनाएको बताए । उनले रोजगारमुखी शिक्षा नभएकोले बेरोजगार उत्पादन गर्ने काम मात्रै भएको बताए । शिक्षालाई रोजगारमुखी बनाउनु पर्नेमा उनले जोड दिए ।
स्वर्ण महोत्सवको अवसर पारेर निर्माण सम्पन्न गरिएको स्वर्ण गेट, स्वर्ण स्तम्भ र केही समयअघि निर्माण गरिएको दुईकोठे भवनको प्रमुख अतिथि तिमिल्सिनाबाट उद्घाटन गरिएको थियो ।
उक्त कार्यक्रममा स्वर्ण महोत्सव मूल समारोह समितिका अध्यक्ष देशीराम प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक, कर्मचारी, चन्दादाता, अक्षयकोषका दाता लगायतलाई सम्मान गरिएको थियो ।
स्वर्ण महोत्सव सम्पन्न गर्न बालकुमारी माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले अभुतपूर्व सहयोग गरेका छन् । विद्यालयको स्वर्णद्वार एसएलसीको विभिन्न ब्याचका विद्यार्थीहरुको आर्थिक सहयोगबाट निर्माण गरिएको हो ।
स्वर्ण महोत्सव सम्पन्न गर्न एक हजार ५४ सदस्यीय मूल समारोह समिति, ३५ सदस्यीय उपसमिति र १७ सदस्यीय सचिवालय समिति गठन गरिएको थियो । स्वर्ण महोत्सवका अवसरमा विभिन्न मितिमा हात्तीसहितको शोभायात्रा, पूर्व विद्यार्थी एवं शिक्षक पुनर्मिलन, रक्तदान, शैक्षिक गुणस्तर सम्बन्धी अन्तरक्रिया लगायतका कार्यक्रमको आयोजना गरिएको थियो ।
२०२२ सालमा स्थापना भएको बालकुमारी माध्यमिक विद्यालयले विविध कारणवश चार वर्षपछि अहिले स्वर्ण महोत्सव मनाएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -