September 20, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

टाँसी गुम्बा भण्डाराले मनाए सोनाम ल्होसार

January 27, 2020

भण्डारा । साङ छेवाङ टासी बौद्ध गुम्बा राप्ती नगरपालिका–७, भण्डाराले आइतबार तामाङ समुदायको महान पर्व मञ्जुश्री सम्वत् २८५६ औं सोनाम ल्होसार मनाएको छ । उक्त अवसरमा गुम्बाले शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले तामाङ समुदाय उच्च ओहोदा नपुग्नु आफ्नै कू–संस्कार र मद्यपानमा बढी झुकावका कारण भएको बताए । उनले समृद्ध नेपाल निर्माण गर्न तामाङ समुदायबाट पनि योद्धाहरू जन्मिसकेको र समयलाई सदुपयोग गरी सिपमुलक र व्यवसायिक बन्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज गोमनसिंह रूम्बा, राप्ती नगरपालिका उपप्रमुख इमानसिं लामा, राप्ती नगरपालिका वडा नं ७ कि वडा अध्यक्ष बबिता डल्लाकोटीले शुभकामना मन्तव्य दिएका थिए । नेपाल तामाङ घेदुङ राप्ती नगरपालिका अध्यक्ष सन्देश लामा, राप्ती नगरपालिका वडा नं ७ कि वडा सदस्य दिलकुमारी पुन, सुुकुमान गुरूङ, बलबहादुर तामाङ, बासु सिंखडालगायत अतिथि रहेका थिए ।
उक्त अवसरमा गुम्बा संरक्षक डिलबहादुर डिम्डुङको अध्यक्षतामा भएको कार्यक्रममा गुम्बा व्यवस्थापन समितिका सल्लाहकार तथा पूर्वअध्यक्ष अक्कलबहादुर थिङ तामाङले स्वागत मन्तव्य राखेका थिए । गुम्बाको सहयोगी दाताहरु बासु सिंखडा, बलबहादुर तामाङ, धर्म गुरू पेमा लामा, कर्मा लोप्चनलगायतलाई सम्मान गरिएको थियो ।