भरतपुर । भरतपुर महानगरपालिका वडा नं. १५, रामपुर चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि महायज्ञ हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै धनधान्याचल मूल समारोह समितिका संयोजक विजय सुवेदीले माघ १९ देखि २६ गतेसम्म महायज्ञ हुन लागेको जानकारी दिए ।
उनले दाताहरुको सहयोगबाट निर्माण हुने भएकोले सम्पूर्ण राजनीतिज्ञ, व्यवसायी, पत्रकार तथा आम नागरिकलाई रंगशालालाई स्वेच्छिक रुपमा सहयोग गर्न आग्रह गरे । जनस्तरबाट निर्माण हुन गइरहेको रंगशालालाई गैरआवासीय, अस्पताल र हरेक वडाबाट ४० लाख उठाउने लक्ष्य रहेको उनको भनाइ छ ।
मूल समारोहका सह–संयोजक उत्तम जोशीले सामुहिक उद्देश्यका साथ अघि बढेकोले सबैलाई सहयोग गर्न अपिल गरे । चितवनवासीको सहयोग र साथ विना रंगशाला अधुरो हुने भएकोले सम्पूर्णमा आ–आफ्नो ठाउँबाट सक्दो भूमिका निर्वाह गर्न अनुरोध गरे ।
स्थानीय तहबाट थोरै सहयोग आए पनि तोकिएको अनुमानित रकमभन्दा कम लागतमा रंगशाला निर्माण गर्न सकिने धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए । नगद मात्र नभएर जिन्सी सहयोग पनि उत्तिकै अपहारिर्य रहेको र राष्ट्रको लागि केही गर्ने अवसर आएको बेला सम्पूर्णले सहायता गर्न उनले आग्रह गरे ।
महोत्सवको हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यबाट दिप प्रज्वलन गरी उद्घाटन गरिने आयोजकले जनाएको छ । महोत्सवको लागि एकहजार एक सय एघार सदस्यीय मूल समारोह समिति, मूल समारोह मातहत ५९ वटा विभिन्न समिति र २८३ सदस्यीय सचिवालय गठन गरिएको छ । करिब ३ अर्वको लागत अनुमान गरिएको रंगशाला निर्माणका लागि महोत्सवबाट करिब ५० करोड रकम संकलन लक्ष्य लिइएको संयोजक सुवेदीको भनाइ छ ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवन, नेपाली कांग्रेस चितवन, राजपा चितवन, समाजवादी दल चितवन, राष्ट्रिय जनमोर्चा चितवन, राप्रपा चितवन, राप्रपा संयुक्त चितवन, नेकपा माले चितवन, साझा पार्टी चितवनले विज्ञप्ति जारी रंगशाला निर्माणमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । महायज्ञमा उद्योगी, व्यवसायी, संघसंस्था, नागरिक समाजलगायत सम्पूर्ण जनसमुदायमा सक्रिय सहभागिता र सहयोगका लागि राजनीतिक दलहरुले आग्रह गरेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

रंगशाला निर्माणका लागि महायज्ञ हुने, दाताहरुलाई स्वेच्छिक सहयोग गर्न आग्रह – संयोजक सुवेदी
January 31, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
