२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

विज्ञान प्रदर्शनीमा नारायणी नमुना प्रथम

प्रकाशित मिति : २०७६ माघ २० गते
- ADVERTISEMENT -

भरतपुर । जिल्लास्तरीय अन्तर विद्यालय विज्ञान प्रदर्शनीमा नारायणी नमुना उच्च मा.वि. प्रथम भएको छ । ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुर १२ ले आयोजना गरेको रजत महोत्सवको अवसरमा सो प्रदर्शनी भएको हो ।
उक्त प्रदर्शनीमा जिल्लाका १३ वटा विद्यालय सहभागी भएका थिए । प्रदर्शनीमा डेजी स्कुल दोस्रो तथा लिटल फ्लावर स्कुल तेस्रो भएको कार्यक्रम संयोजक प्रदीप अधिकारीले जानकारी दिए ।
प्रदर्शनीमा प्रथम, दोस्रो र तेस्रो हुन सफल विद्यालयहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्याब्सन चितवनका अध्यक्ष टीकाराम चापागाई र ग्रीनल्याण्ड स्कुलकी प्राचार्य इन्दिरा कार्कीले पुरस्कार वितरण गरेका थिए । कार्यक्रम स्कुलकी प्राचार्य इन्दिरा कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -