रामपुर । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ आयोजित धनधान्यान्चल महोत्सव सकिएको छ । सोमबार राजकीय बौद्ध बिहार लुम्बिनीका प्रमुख भिक्षु सागर धम्म भन्ते र श्रीलंकाका भिक्षु पानासारा थुरुले समापन गरेका हुन् ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजकीय बौद्ध बिहार लुम्बिनीका प्रमुख भिक्षु सागर धम्म भन्तेले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान सफल हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा श्रीलकाका भिक्षु पानासारा थुरुले नेपाली जनताको अग्रसरतामा यति ठूलो अभियान थालिनु गौरवको विषय भएको बताए ।
भरतपुर महानगरपालिकाकी प्रमुख मेयर रेणु दहालले रंगशाला निर्माण सहयोगार्थ आयोजना गरिएको धनधान्यान्चल सफल भएको बताइन् ।
धनधान्यान्चलमा सोमबार करिब २१ करोड आर्थिक संकलन भएको मूल्य आयोजक समितिका संयोजक विजय सुवेदीले जानकारी दिए । यसअघि आइतबारसम्म ३५ करोड संकलन भएको थियो भने सोमबार बाग्मती प्रदेश सरकारले थप १५ करोड सहयोग घोषणा गरेको छ ।
करिब ३ अर्ब लागतमा २ वर्षभित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ ।
कार्यक्रम मूल आयोजक समितिका संयोजक विजय सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
February 10, 2020
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -