भरतपुर । भरतपुर नगर तामाङ समाजको अध्यक्षमा पासाङ तामाङ निर्विरोध चयन भएका छन् । भरतपुर ११ को छेच्यु थर्पलिङ गुम्बामा सम्पन्न समाजको नवौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट तामाङ निर्विरोध भएका हुन् ।
यसैगरी समाजको उपाध्यक्ष सूर्यप्रकाश लामा, सचिवमा चन्द्रलाल जिम्बा, सहसचिवमा शम्भुलाल पाख्रिन, कोषाध्यक्षमा निरबहादुर तामाङ चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा दिक्पाल दोङ, राजकुमार पाख्रिन, दोर्जे दोङ, भीमबहादुर गोले, मिनु योन्जन, राजु जिम्बा, सञ्जीव जिम्बा, चिनीमाया दोङ पाख्रिन, सुकमाया स्याङतान, प्रितम लोप्चन, शान्तिमाया तामाङ, सुनि बोम्जन रहेका छन् । साधारण सभा गंगालाल लामाको अध्यक्षतामा सम्पन्न भएको थियो । लामा दुई कार्यकाल अध्यक्ष भएका थिए ।
- ADVERTISEMENT -