February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

फागुन २३ गतेबाट घण्टाचुली महोत्सव

March 4, 2020

भरतपुर । घण्टाचुली पर्यटन क्षेत्र विकास संस्था देवघाटको आयोजनामा ‘दोस्रो घण्टाचुली पर्यटन महोत्सव २०७६’ हुने भएको छ । संस्थाका संयोजक खड्का पामी आले मगरले मंगलबार पत्रकार सम्मेलन गरेर उक्त महोत्सव बारे जानकारी गराएको हो ।
फागुन २३ गतेदेखि २७ गतेसम्म ५ दिन संचालन हुने उक्त महोत्सव ३५ वटा स्टल रहेका छन् । देवघाट गाउँपालिका भित्र रहेका विभिन्न पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचार प्रसार, मौलिक संस्कृति संरक्षण र अर्गानिक कृषि प्रबर्धन गर्ने उद्देश्यले आयोजना गरिएको संयोजक मगरले बताए ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका माननीय मन्त्री विकास लम्सालको प्रमुख आतिथ्यतामा महोत्सव उद्घाटन गरिने आयोजकले जानकारी गराए । महोत्सवमा साँस्कृतिक झाँकी प्रदर्शन, पंचेबाजा प्रतियोगिता, म्याराथुन दौड प्रतियोगिता, घण्टाचुली कालिका दर्शनलगायतका विविध कार्यक्रमहरु रहेको छ ।
महोत्सवको लागि रु. १० लाख बजेट खर्च रहेको र करिब १ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले बताए ।

- ADVERTISEMENT -