भण्डारा । पुर्वी चितवन राप्ती नगरपालिकामा नगरस्तरीय मेलमिलापकर्ताहरुको लागि बुधबारबाट तीन दिने पुनर्ताजगी तालिम सुरु भएको छ ।
उक्त कार्यक्रमकी प्रमुख अतिथि तथा राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले न्यायिक समिति राप्तीको कार्यको प्रशंसा गर्दै अझै प्रभावकारी भूमिका खेल्नु पर्ने बताइन् ।
प्रमुख अतिथि बरालले न्यायिक समिति राप्तीले आफ्नो नगरको १३ वटै वडा विवादरहित बनाउनका निम्ति जोड दिनु पर्ने तथा बलात्कार, हत्याहिंसाजन्य कुनै पनि अपराध भए प्रहरी प्रशासनलाई समेत सहयोग गर्न आग्रह गरिन् ।
कार्यक्रममा राप्ती नगरपालिकाका उप–प्रमुख तथा न्यायिक समिति राप्तीका संयोजक इमान सिंह लामाले तालिमले आफ्नो टिमलाई बलियो बनाउनुको साथै सिंगो नगरवासीलाई एकआपसमा मिलेर बस्न उर्जा मिल्ने बताए ।
उप–प्रमुख लामाले आफ्नो अनुभव सुनाउँदै भौतिक रुपले सुविधा सम्पन्न भएर मात्रै विकास नहुने हुँदा सबैभन्दा ठूलो एकआपसमा मेलमिलाप हुन सके त्यो नै ठूलो विकास हुने उनको भनाइ थियो ।
तीन दिनसम्म संचालन हुने तालिममा राप्ती नगरपालिकाका सबै वडाबाट गरी ६० जना बढीको सहभागिता रहने छन् । तालिममा डा मुक्ति रिजाल, कविता अधिकारी र बन्धुराज पौडेलले सहभागीहरुलाई तालिम दिनेछन् ।
कार्यक्रममा न्यायिक समिति राप्तीका सदस्य पूर्णप्रसाद आचार्यले स्वागत मन्तव्य राखेका थिए भने सदस्य गोमादेवी धरेलले कार्यक्रम संचालन गरेकी थिइन् । कार्यक्रम फागुन ३० गतेसम्म संचालन हुनेछ ।
नगरस्तरीय मेलमिलापकर्ताहरुलाई पुनर्ताजगी तालिम
March 11, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
