२०८२ मंसिर २४, बुधबार
December 10, 2025
२०८२ मंसिर २४, बुधबार
December 10, 2025 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आम सञ्चार क्लबको अध्यक्षमा असल

प्रकाशित मिति : २०७६ फाल्गुन ३० गते
- ADVERTISEMENT -

भरतपुर । आमसञ्चार क्लबको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन शुक्रबार भरतपुरमा सम्पन्न भएको छ । अधिवेशनले असल गैरेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा श्याम विश्वकर्मा, उपाध्यक्षमा मोनिका विश्वकर्मा, सचिवमा विकास ढकाल, कोषाध्यक्षमा आरुषि पौडेल, सहसचिवमा वर्षा मगर रहेका छन् भने सदस्यहरुमा कल्पना लामिछाने, रवि रेग्मी, सोना घिमिरे, सुस्मा गुरुङ, विमल अधिकारी, एन्जिला चौलागाईं, शिव गौतम, सुमित आचार्य, सन्दिप गुरुङ, अस्मिता घिमिरे, प्रतीक्षा मिश्र, प्रशान्त पौड्याल रहेका छन् ।
यस्तै सल्लाहकार सदस्यहरुमा शिक्षक तर्फबाट कलेजका आमसञ्चार तथा पत्रकारिताका प्राध्यापकद्वय मधुसूदन दवाडी, दिपेन्द्र अधिकारी छन् भने विद्यार्थी तर्फबाट सुदिप दवाडी, रविना पौडेल, सुरक्षा न्यौपाने, चन्द्रप्रकाश उपाध्याय, सविना लामिछाने रहेका छन् । क्लबको संरक्षकमा क्याम्पस प्रमुख मणिराज महतो, सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद घिमिरे, विष्णु ज्ञवाली र नारायण रेग्मी रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा क्याम्पस प्रमुख मणिराज मह्तो, आमसञ्चार तथा पत्रकारिताका प्रध्यापक मधुसुधन दवाडी, सप्तगण्डकी क्याम्पस संचालक समिति अध्यक्ष टीकाराम थापा, प्राध्यापक भुपेन खड्का, निवर्तमान क्याम्पस प्रमुख खेमराज सापकोटा, आमसञ्चारका विद्यार्थी मोनिका विश्वकर्मालगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रम चन्द्रप्रकाश उपाध्यायको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम विवेक प्रोख्रेलले सञ्चालन गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -