भरतपुर । राष्ट्रियस्तरको प्रथम चितवन राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आइतबार सम्पन्न भएको छ । भरतपुरस्थित कभर्डहलमा २०० जना खेलाडीको सहभागितामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा समावेश चार विधा मध्ये महत्वपूर्ण तीन विधाको उपाधि चितवनका खेलाडीले जितेका छन् । प्रतियोगितामा सबैभन्दा चासोको विधा थियो पुरुष डबल ‘ए’ । यस विधाको उपाधि चितवनका खेलाडीले नै जितेका छन् ।
निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको फाइनल खेलमा चितवनका राजु थापा र विनोद पौडेलको जोडीले सहज जित हासिल ग¥यो । यी दुईले पोखराका विशाल खड्का र विशाल बस्नेतको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । चितवनले पहिलो सेट २१–१९ ले जितेको थियो भने दोस्रो सेट २१–१५ ले आफ्नो पक्षमा पा¥यो । चितवनलाई उपाधि दिलाउन घरेलु दर्शकको साथ पनि राम्रो रह्यो ।
खेल सकिदा राति सवा ८ बजेको थियो । त्यतिबेलासम्म पनि दर्शकहरुले हुटिङ गर्दै साथ दिएका थिए । उपाधि जित्न सफल चितवनका थापा र पौडेलको जोडीले नगद ४० हजार रुपैयाँका साथै शिल्ड, मेडल र प्रमाण पत्र पाए । उपविजेतामै सिमित पोखराका थापा र पौडेलको जोडीले नगद २० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरे । विजेता र उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला खेलकूद विकास समितिका पूर्व अध्यक्ष गंगा लामाले पुरस्कार प्रदान गरेका कार्यक्रम संयोजक सुदन दराईले जानकारी दिए । यस्तै प्रतियोगिता अन्तरगत पुरुष डबल ‘बी’ समूहको उपाधि चितवन जिल्ला ब्याडमिन्टन संघका बुद्धि चौधरी र गोपाल पन्थीले हात पारे । यी दुईको जोडीले पूर्वी चितवन बेल्सीका विकास डल्लाकोटी र सन्देश बस्नेतलाई पराजित गरे । खेल प्रतिस्पर्धात्मक बने पनि २–० को सोझो सेटमै सकिएको थियो । विजेता चौधरी र पन्थीको जोडीले नगद २५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरे भने उपविजेता बनेका बेल्सीका डल्लाकोटी र बस्नेतले नगद १३ हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
त्यसैगरी प्रतियोगिता अन्तरगत पुरुष भेट्रान्स (४५ वर्ष माथि)को उपाधि चितवन ब्याडमिन्टन संघका बुद्धि चौधरी र सुरेश श्रेष्ठको जोडीले जितेको छ । चितवनले तनहुँका टिक थापा र मोनबहादुर रानाको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । विजयी टिमले ३० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो भने उपविजेता तनहुँले नगद १५ हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । त्यस्तै सुपर भेट्रान्स (५५ वर्ष माथि)को भने बागलुङले जितेको छ । बागलुङका राजेन्द्र शाक्य र विष्णु श्रेष्ठको जोडीले चितवनका पुष्प श्रेष्ठ र राजु थापाको जोडीलाई पराजित गर्दै उपाधि जित्न सफल भयो । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो अग्रता लिएको चितवनले लगातार दुई सेट गुमाउँदा २–१ ले पराजित भएको थियो । पहिलो सेटमा चितवनले उत्कृष्ट जित हासिल गरेको थियो । तर दोस्रो र तेस्रो सेटमा बागलुङले उत्कृष्ट पुनरागमन गर्दै उपाधि उचालेको हो । विजयी समूहले नगद १० हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो भने उपविजेता टोलीले नगद पाँच हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । प्रतियोगिता नेपाल खेलाडी तथा प्रशिक्षक संघ, चितवनले आयोजना गरेको हो । प्रतियोगिताको सहयोगी संस्थामा नेपाल ब्याडमिन्टन संघ, चितवन र जिल्ला खेलकूद समिति रहेका थिए ।
- ADVERTISEMENT -

चितवनका खेलाडीले जिते ३ महत्वपूर्ण उपाधि

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.92
153.52

European Euro
1
176.43
177.12

UK Pound Sterling
1
204.35
205.16

Swiss Franc
1
191.32
192.07

Australian Dollar
1
106.97
107.39

Canadian Dollar
1
109.41
109.84

Singapore Dollar
1
118.71
119.18

Japanese Yen
10
9.53
9.56

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.74
40.90

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.64
41.80

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.04
16.10

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
497.71
499.66

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.17
398.73













