January 24, 2025
- ADVERTISEMENT -

नेपालमा थप एक कोरोना संक्रमित, पुग्यो ३२ जना

April 21, 2020

काठमाडौं । नेपाल सरकारले लकडाउन गरेको आज मंगलबारसम्म २९औं दिन भएको छ । लकडाउनसँगै विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) नेपालमा थप एकजना भेटिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका ३३ वर्षका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।
उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -