२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025
२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025 Thursday

उपमेयरले गरे पैदल यात्रीहरुको उद्धार

प्रकाशित मिति : २०७७ बैशाख १० गते
- ADVERTISEMENT -

भरतपुर । नेपाल सरकारले गरेको लकडाउन आज ३०औं दिन अर्थात् १ महिना भएको छ । देशका विभिन्न ठाउँबाट मजदुरहरु आफ्नो गन्तव्यतर्फ हिँडेर भएपनि लागि परेको छ । यो अवस्थामा सरकारले उनीहरुलाई बेवास्ता गरिरहेको विभिन्न मिडिया तथा पार्टीपंक्तिहरुले विरोध गर्दै आइरहेको पनि सुनेका छौं ।
यस्तै बिचमा आज बुधबार चितवनको राप्ती नगरपालिकाका उपमेयर ईमान सिंह लामाले १७ जना पैदलयात्री स्थानीय एक व्यवसायीको गाडीको व्यवस्था गरी चितवन जिल्लाबाट नवलपरासी जिल्लाको सिमानासम्म उद्धार गरी गन्तव्यस्थल पुग्न सहज बनाएको छ ।
उक्त पैदलयात्रीहरु मकवानपुर भीमफेदीबाट राप्ती नगरपालिकाको बाटोहुँदै प्युठान, रोल्पा आफ्नो घर जान पैदल यात्रामा हिँडेका १७ जनालाई चितवनबाट नवलपरासी जिल्लाको सिमानासम्म पु¥याउन उनले सहज बनाएको हो ।
यसभन्दा अघि पनि पटकपटक गरी ८५० जनाभन्दा बढी पैदल यात्रीलाई उद्धार गरी गन्तव्यस्थल पठाइएको नगरपालिकाका उपमेयर लामाले बताए ।
उनका अनुसार पूर्व बारा, पर्सा, धनुषासम्मका यात्री र पश्चिम डडेलधुरा, सल्यान कालीकोटलगायतका जिल्लामा अत्यावश्यक सामान ढुवानीका लागि पुगेर फर्केका खाली गाडीहरूमा राखेर ती यात्रीलाई पठाइएको हो । उनीहरूले खाना खुवाउनभन्दा बढी घर पु¥याइदिन आग्रह गरेपछि निःशुल्क ती गाडीमा पठाइएको उनको भनाइ छ ।

- ADVERTISEMENT -