July 25, 2024
- ADVERTISEMENT -

लायन्स बालकुमारीमा ई. पौडेल

April 25, 2020

नारायणगढ । विश्व तथा देश नै कोरोना भाइरसबाट आक्रान्त भइरहेको विषम परिस्थितिका बावजुद लायन्स क्लब अफ नारायणगढ बालकुमारीले वर्ष २०२०–२०२१ का लागि नयाँ नेतृत्व चयन गरेको छ । विषम परिस्थितिका कारण भिडियो कन्फ्रेन्सबाट वर्ष २०२०–२०२१ का लागि कार्यसमिति चयन गरिएको हो ।
नयाँ कार्यसमितिको अध्यक्षमा ई. हरेराम पौडेल चयन भएका छन् । त्यसैगरी, नि. वर्तमान अध्यक्ष बालगोपाल चुके, प्रथम द्वितीय र तृतीय उपाध्यक्षमा क्रमशः रामचन्द्र सापकोटा, शंकर आचार्य तथा रामजी थापा, सचिवमा शेरबहादुर पौडेल, कोषाध्यक्षमा ध्रुबकुमार पौडेल, सहसचिव चन्द्रमणि भट्टराई, निर्देशकहरु मोहन श्रेष्ठ, ललितमान श्रेष्ठ, गणेश भट्टराई र रवी पिया चयन भएका हुन् ।
यस्तै, पब्लिक रिलेसन अफिसरमा राजेश जोशी, टेल टुइस्टरमा अभिमन्यु श्रेष्ठ, टेमरमा रमेश खड्गी, मेम्बरशिप चियरपर्सन भागीकुमार श्रेष्ठ, लियो एड्भाइजर रामचन्द्र सापकोटा, क्लब सर्भिस चियरपर्सन नेत्रप्रसाद आचार्य, क्लब माकेर्टिङ कम्युनिकेसन चियरपर्सनमा लोकबहादुर रानाभाट र एलसीआईएफ कोर्डिनेटरमा सरोज मास्के चयन गरेको छ ।
क्लबका पूर्व अध्यक्षहरु ईश्वर राजभण्डारी, नेत्रप्रसाद आचार्य र बालगोपाल चुकेको निर्वाचन कमिटीले क्लबका सदस्यहरुसँग संयोजन गरेर क्लबका लागि नयाँ नेतृत्व चयन गरेको थियो ।

- ADVERTISEMENT -