भरतपुर । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले गरेको लकडाउन आज आइतबारसम्म ३४औं दिन भएको छ । आज मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई कसरी लैजाने विषयमा बैठक बस्दैछ । सम्भवत बेलुकासम्म लकडाउन कसरी लाने भन्ने निर्णय हुने पक्कापक्की छ ।
नेपालमा हालसम्म कोरोना संक्रमित ४९ जना रहेको नेपाल जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितहरु मध्ये १२ जना स्वस्थ भई घर फर्किसकेको अवस्था छ । वीरगंजमा पनि ४ जनामा कोरोना परीक्षण नेगेटिभ आएपछि डिस्चार्जको तयारीमा रहेको अस्पतालले जनाएको छ । ४ जना डिस्चार्ज भएलगत्तै नेपालमा निको हुने संख्या १६ हुने भएको छ । लिङ्गका आधारमा महिला १८.४ प्रतिशत र पुरुष ८१.६ प्रतिशत रहेको छ ।
विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई अति उच्च जोखिमबाट उच्च जोखिम आएको र केही हदसम्म भएपनि समस्या टरेको बताइएको छ । संगठनका अनुसार आजसम्म विश्वमा २९ लाख २१ हजार ४ सय ३९ जना संक्रमित रहेको जनाएको छ । ८ लाख ३६ हजार ९ सय ७८ जना संक्रमित निको भएको छ । त्यसैगरी ज्यान गुमाउनेको संख्या २ लाख, ३ हजार २ सय ८९ जना रहेको छ ।
विश्वमा सबैभन्दा बढी कोरोनाबाट अमेरिका प्रभावित भएको छ । कोरोनाबाट ९ लाख ६० हजार ८ सय ९६ जना संक्रमित रहेका छन् । १ लाख १८ हजार १ सय ६२ जना निको भएका छन् भने ज्यान गुमाउनेमा ५४ हजार २ सय ६५ जना रहेको छ ।
त्यसैगरी स्पेन दोस्रोमा रहेको छ । २ लाख २३ हजार ७ सय ५१ जना संक्रमित छन् । ९५ हजार ७ सय ८ आठ जना निको भएका छन् भने २२ हजार ९ सय २ जनाको मृत्यु भएको छ । इटालीमा १ लाख ९५ हजार ३ सय ५१ जना कोरोना संक्रमित छन् । ६३ हजार १ सय २० जना निको भएका छन् भने २६ हजार ३ सय ८४ जनाले ज्यान गुमाएका छन् ।
लकडाउन ३४औं दिन, निको १२ पुग्यो, वीरगंजमा थप ४ को डिस्चार्ज
April 26, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -