April 12, 2024

कोरोनाबाट १६ जना निको भएको पुष्टि

April 26, 2020

भरतपुर । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १६ पुगेको छ । वीरगंजमा ४ जनामा कोरोना परीक्षण नेगेटिभ आएपछि निको हुनेको संख्या १६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोनाबाट संक्रमितहरुको संख्या ५१ रहेको छ । वीरगंजमा आज आइतबार दुई जना कोरोना संक्रमित पुष्टि भएपछि ५१ जना पुगेको हो । योभन्दा अघि ४९ रहेको थियो । कोरोना संक्रमित दुवै पुरुष रहेको र दुबै ५० वर्ष उमेरका रहेका छन् ।

- ADVERTISEMENT -