मकवानपुर । राक्सिराङ गाउँपालिकाका विभिन्न किसिमका दीर्घरोगीहरुका लागि घरघरमै निःशुल्क औषधि उपलब्ध गराइने भएको छ ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण नियमित औषधि सेवन गर्नुपर्ने बिरामीलाई समस्या पर्न सक्ने भएकाले घरघरमै औषधि पुर्याउने व्यवस्था गरिएको राक्सीराङ गाउपालिकाले जनाएको छ ।
‘आमा–बुबा बचाउ’ कार्यक्रम अन्तर्गत मधुमेह, रक्तचाप, दम, बाथलगायत दीर्घरोगीका लागि यो व्यवस्था गरिएको हो । गाउँपालिकाले औषधिका लागि मान्यताप्राप्त चिकित्सकको प्रेस्किृप्सनसहित गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क राख्न आग्रह गरिएको छ ।
- ADVERTISEMENT -

दीर्घरोगीलाई घरघरमै नि:शुल्क औषधि
April 29, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
