राप्ती/चितवन । राप्ती नगरपालिका वडा नं. ४ का स्थानीय नारायणप्रसाद बर्तौलाले गरिब तथा विपन्न परिवारलाई बुधबार राहत वितरण गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको महामारीलाई नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण गरिब तथा विपन्न परिवारलाई ठूलो मार परेको तथा थोरै भए पनि राहत मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको हो ।
राप्ती नपाका वडा नं. ४ का अध्यक्ष शमशेर लामाले बर्तौलाले वडासँग समन्वय तथा व्यवस्थापन गरी उक्त राहत वितरण गरिएको बताए । वडा अध्यक्ष लामाका अनुसार उनले १५ घरधुरी परिवारलाई राहत वितरण गरेको हो ।
उक्त राहत वडा नं. ४ का प्रत्येक घरधुरीलाई १५ केजी चामल, २ केजी दाल, एक केजी नुन र तेललगायतका खाद्यान्न सामग्री वितरण गरिएको हो ।
त्यस्तैगरी केही दिन अघि हावाहुरी, असिनाले पूर्णरुपमा क्षति पुर्याएका १५ घरधुरीलाई जस्ता पाता पनि वितरण गरेको वडा अध्यक्ष लामाको भनाइ थियो । आंशिक र पूर्ण क्षति दुबै भएको विवरण हेरी पीडित परिवारलाई जस्ता पाता वितरण गरिएको उनले भने ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

पीडित परिवारलाई राहतसँगै जस्ता पाता
April 30, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
