July 25, 2024
- ADVERTISEMENT -

‘शबे बरात’ पर्व घरमै मनाउन अनुरोध

April 8, 2020

भरतपुर । नेपाल मुस्लिम संघ चितवनका अध्यक्ष ईसुफ दिन मियाँले चैत २७ गते बिहीबार पर्ने ईस्लाम धर्मालम्बीहरुको शबे बरात पर्ब घरमै बसेर मनाउन अनुरोध गरेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन सक्ने भएकाले देशभर लकडाउन रहेको भन्दै बुधबार जारी गरिएको बिज्ञप्तिमा उल्लेख छ । कोरोनाका कारण पर्व मस्जिद तथा कब्रिस्तानहरुमा नगई घरमा नै बसेर ईबादत (उपासन) गर्दै मनाउन अनुरोध गरिएको हो ।
विज्ञप्तिमा देश, विदेशमा बस्ने सम्पूर्ण ईस्लाम धर्मावलम्बीहरुलाई पर्वको शुभकामना दिँदै रोग फैलन नदिन आ–आफ्नो ठाउँबाट सहयोग पु¥याउन आह्वान गरिएको छ ।
यता नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले मुस्लिम संघका अध्यक्ष मार्फत् ईस्लाम धर्मालम्बीहरुलाई घरमा नै पर्ब मनाउन आव्हान गरिएको छ । उहाँले सिंगो नेपाली काङ्ग्रेस रोगको संक्रमण फैलन नदिन केन्द्रदेखि गाउँ तहसम्म जुटिरहेको बताए ।
यसैगरी मुस्लिम आयोगले पनि विज्ञप्ति जारी गरेर घरमै पर्व मनाउन अनुरोध गरिसकेको छ ।

- ADVERTISEMENT -