भरतपुर । नारायणी नदी पौडी खेल्ने क्रममा शुक्रबार बेलुकी ५ बजे एक युवक बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका १, जोरकुसुम पार्क नजिक नारायणी नदी किनारमा पौडी खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भरतपुर २, क्षेत्रपुर बस्ने वर्ष १८ का सनिल लामा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् । बेपत्ता लामाको स्थानीयसँग समन्वय गरी खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एकनारायण कोइरालाले बताए ।
डिएसपी कोइरालाका अनुसार बेलुका अबेरसम्म लामाको करिब ३ किमी वरपरसम्म कुनै पत्ता नलागेको जानकारी दिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

नारायणीमा एक युवक बेपत्ता
April 10, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
