October 7, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

७७ सवारी साधन लकडाउन उल्लघंनको कारवाहीमा

April 14, 2020

भरतपुर । नेपालभर लकडाउन आह्वान गरेको मंगलबार २२औं दिन भएको छ । विश्वव्यापी रुपमा बढ्दै गएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले उक्त लकडाउन गरेको हो ।
सरकारले गरेको लकडाउन उल्लघंन गर्ने ७७ सवारीसाधनलाई कारवाही गरिएको छ ।
कारवाहीमा ३० मोटरसाइकल, १७ स्कुटी, २ भ्यान, २ साइकल तथा २६ वटा मोटरसाइकलको चावी लिएर कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एकनारायण कोइरालाले बताए ।
डिएसपी कोइरालाका अनुसार विभिन्न स्थानमा नियन्त्रणमा लिइएका सवारीसाधनलाई होल्ड राखी छाडिएको बताए । यसअघि पनि विभिन्न सवारी साधनलगायत मानिसहरुलाई कारवाही गरिएको थियो ।
नियन्त्रणमा लिइएका आवश्यक छानविन पश्चात सम्झाईबुझाई अति आवश्यक कामबाहेक लकडाउन अवधिभरि घर बाहिर नहिँड्ने शर्तमा छाडिएको डिएसपी कोइरालाको भनाइ थियो ।
त्यस्तै कोरोना भाइरस न्यूनीकरणका लागि भन्दै अति आवश्यकीय खाद्य वस्तु बिक्री वितरणको लागि बिहान ८ः०० बजेदेखि बेलुका ५ बजेसम्म मात्र खुल्ला गर्न प्रशासनले आग्रह गर्दै आएको छ ।

- ADVERTISEMENT -