May 20, 2024

बाघको आक्रमणबाट २ जना घाइते

April 15, 2020
sketch

भरतपुर । खैरहनी न.पा. ११ स्थित चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमण परी बुधबार दुईजना घाइते भएका छन् ।
निउरो टिप्ने क्रममा कालिका नगरपालिका बस्ने वर्ष ४५ का सागर थापामगर र वर्ष ५० का सानुमाया थापामगर बाघको आक्रमण परी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले जानकारी दिए ।
प्रवक्ता कोइरालाका अनुसार हाल घाइते दुबैजनाको भरतपुर अस्पताल उपचारमा भइरहेको बताइएको छ । घाइतेको अवस्था सामान्य रहेको प्रवक्ता कोइरालाको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -