April 29, 2025

कारवाहीमा ६ जनासहित ४२ सवारीसाधन

April 16, 2020
- ADVERTISEMENT -

भरतपुर । नेपाल सरकारले कोरोना रोकथामका लागि गरिएको लकडाउन उल्लघंनको क्रममा बिहीबार ६ पुरुषसहित ४२ सवारी साधनलाई कारवाही गरिएको छ । लकडाउनको २४औं दिन विश्वव्यापी रुपमा बढ्दै गएको कोरोना भाइरस नियन्त्रणका लागि कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।
कारवाहीमा ८ मोटरसाइकल, ४ स्कुटी, १ कार, २ साइकल तथा २१ वटा मोटरसाइकल र स्कुटीको चावी लिएर कारवाही गरिएको प्रवक्ता कोइरालाले बताए ।
नियन्त्रण लिएका मानिसलाई आवश्यक छानविन पश्चात सम्झाईबुझाई अति आवश्यक कामबाहेक लकडाउन अवधिभरि घर बाहिर नहिँड्ने शर्तमा छाडिएको प्रवक्ता कोइरालाको भनाइ थियो ।
डिएसपी कोइरालाका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनलाई होल्ड राखी छाडिएको बताए । यसअघि पनि विभिन्न सवारी साधनलगायत मानिसहरुलाई कारवाही गरिएको थियो ।

- ADVERTISEMENT -