Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

व्यवसायीद्वारा विपन्न वर्गलाई दैनिक एकछाक खाना खुवाइँदै

प्रकाशित मिति : २०७७ बैशाख ७ गते

नारायणगढ । चितवनका सुनचांँदी व्यवसायीसंँग सम्बद्ध ४ वटा संस्थाले लकडाउनको समयमा भोकै रहेका विपन्न, सडक बालबालिका, जोगी र दैनिक ज्याला मजदुरहरुलाई दैनिक एकछाक खाना खुवाउन सुरु गरिएको छ ।
व्यवसायीहरुले गत चैत्र २९ गतेदेखि भोजन खुवाउन शुरु गरिएको नेपाल सुनचांँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष विपिन रामुदामुले बताए ।
उपाध्यक्ष सामुदामुले लकडाउनको समयमा राज्यसमेत उदासीन भएको र हामीले मानवीय धर्म र सामाजिक उत्तरदायित्व बहन गरेको बताए । उनले भने दैनिक १२५ देखि १४० जनालाई त्यस्ता बेसहारालाई खाना खुवाईदिदै आइएको छ ।
पहिलो चरणमा बैशाख १५ गतेसम्म बिहानको खाना खुवाइने र लकडाउन लम्बिदै गएपनि भोजन खुवाउने कार्यलाई निरन्तरता दिइने संयोजक समेत रहेका रामुदामुको भनाई छ । हाल ती संस्थाले उद्योग वाणिज्य संघ, चितवनको परिषरमा भोजन वितरण गरिरहेको छ । महामारीको त्रास र जोखिमलाई मध्यनजर गरी होलबडी सेनिटाइजिङ्ग र सामाजिक दुरी कायम गरी दिनहँु खाना दिईदै आइएको सुनचाँदी बचत तथा ऋण सहकारी संस्था चितवनका अध्यक्ष बाबुराम रामुदामुले बताए ।
मागेर सम्म खान नसक्ने, एकछाक पनि खान नपाउने व्यक्तिहरुलाई खान खुवाउंँदा समाजमा सकारात्मक सन्देश जाने उनको भनाई छ । संस्थामा कोष रकम अभाव भएपनि यस कार्यलाई निरन्तरता दिने अर्का व्यवसायी निलेनमान शाक्यले बताए । ‘कोषको रकम अभाव भएपनि, लकडाउन थपिएपनि हामी व्यवसायीले व्यक्तिगत पहलमा खाना खुवाउंँछौ’ उनले भने ।
खाना खुवाउन थालेपछि दैनिक दिनहुंँ त्यस्ता व्यक्ति बढिरहेकोले सोही अनुसार प्रबन्ध गरिएको सुनचाँदी व्यवसायी संघ, चितवनका उपाध्यक्ष रुवीन रामुदामुले बताए । ‘आज ९ दिनसम्म १हजार १ सय ५ सहभागी भईसकेका छन ।’ उनले भने, दैनिक खाना खाने पनि बढिरहेका छन । ’
उनका अनुसार चारवटै संस्थाको कोष रकम बाट उनीहरुलाई भोजन वितरण गरिएको छ । हाल नारायणगढ बजार वरिपरि रहेका त्यस्ता व्यक्तिहरुलाई लक्षित गरी खाना खुवाईएको हो । नेपाल सुनचांँदी व्यवसायी सघ चितवन, सुनचांँदी वचत तथा ऋण सहकारी संस्था, विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था र विश्वकर्मा सुनचांँदी व्यवसायी सञ्जालको संयुक्त पहलमा सो अभियान सञ्चालन गरिएको हो । उक्त अभियानमा व्यवसायी उत्सव खाती, विकास वर्मा, रमेश सदाशंकर, अमृत सदाशंकर लगायतको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51