काठमाडौँ । शुक्रबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशन अघि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना भाइरस परीक्षण भइरहेको छ । संसद सचिवालयले कोरोना परिक्षण गरेका सांसदलाई मात्र बैठक कक्षमा प्रवेश गर्न दिने भएको छ ।
शुक्रबार दिउँसो ४ बजेदेखि संसदको बजेट अधिवेशन सुरु हुने भएपछि बिहीबार सांसदहरुको पिसिआर प्रविधिबाट परीक्षण गर्न स्वाव संकलन भएको छ ।
परीक्षणको रिपोर्ट शुक्रबार बिहानसम्म आउने र सांसदहरुले परीक्षणको रिपोर्ट नेगेटिभ आए मात्र बैठक कक्षमा प्रवेश गर्न दिने तयारी गरिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।
स्वाब संकलन संघीय संसद भवन परिसर बानेस्वरमा गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सबै सांसदहरुको महत्वपूर्ण काम भएको र हाउस सञ्चालन गर्नुपर्ने अवस्थामा सबै जिल्लाबाट आएका सांसदहरु हुने भएकाले स्वाब परीक्षण आवस्यक रहेको बताए। उनले सुरुमा प्रभावित क्षेत्रका सांसदहरुको मात्रै परीक्षण गर्ने भनिए पनि प्राविधिकहरुको सुझावका आधारमा सबै सांसदहरुको परीक्षण गर्न लागिएको बताए ।
छुटेका सांसदहरुलाई शुक्रबार बिहान ७ बजे उपस्थित हुन आग्रह गरिएको सचिव योगीले बताए ।
परीक्षणको रिपोर्ट आउन सामान्यतया ६ घण्टा लाग्ने भएकाले शुक्रबार नै स्वाब दिनेको पनि रिपोर्ट आउने र नेगेटिभ देखिएमा मात्र संसदमा प्रवेश दिइने भएको हो ।
बिहीबार सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपालले स्वाब दिएका छन् ।
त्यस्तै मन्त्री र सांसदहरुले पनि स्वाब दिएका छन् । जिल्ला जिल्ला पुगेका सांसद भर्खरै मात्र काठमाडौँ फर्किएको हुँदा विश्वस्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार परीक्षणपछि मात्रै बैठकभित्र प्रवेश गराउन लागिएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेका अनुसार बिहीबार चार सय ३१ जनाको स्वाब संकलन भएको छ । यसमध्ये एक सय ७५ जना प्रतिनिधिसभाका सांसद छन् भने राष्ट्रियसभाका ५९ मध्ये सबै जसोले स्वाब दिएका छन् । संसदका अधिकांश कर्मचारी र सुरक्षाकर्मीको पनि स्वाब संकलन भएको छ ।
सचिवालयले प्रत्येक दुईवटा कुर्सी खाली राखेर सांसदहरुलाई राख्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका लागि पहिलो सिटमा एक्लै राख्ने र त्यसपछिको एउटा लाइन खाली राखेर मात्र अरु सांसदलाई बस्न दिने तयारी गरिएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

बैठकका लागि गरियो ४३१ सांसदहरुको स्वाब संकलन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.76
154.36

European Euro
1
175.89
176.58

UK Pound Sterling
1
206.88
207.68

Swiss Franc
1
190.44
191.18

Australian Dollar
1
107.36
107.78

Canadian Dollar
1
109.66
110.09

Singapore Dollar
1
119.04
119.51

Japanese Yen
10
9.47
9.51

Chinese Yuan
1
22.69
22.78

Saudi Arabian Riyal
1
40.94
41.10

Qatari Riyal
1
42.17
42.34

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.86
42.03

Malaysian Ringgit
1
37.55
37.69

South Korean Won
100
10.33
10.37

Swedish Kroner
1
15.94
16.00

Danish Kroner
1
23.53
23.62

Hong Kong Dollar
1
19.61
19.69

Kuwaity Dinar
1
500.03
501.98

Bahrain Dinar
1
407.74
409.33

Omani Rial
1
399.36
400.91













