February 11, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आजदेखि लकडाउन केही खुकुलो, सडकमा बढ्यो सवारी साधन

May 8, 2020
सोमबार शहीदचोकमा देखिएको सवारीसाधनलगायत ठेलागाडीमा तरकारी बिक्री गरिरहेको व्यापारीहरु । फोटो - न्यूजप्रवाह ।

भरतपुर\चितवन । नेपाल सरकारले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको आज ४६ औं दिन भएको छ । २०७६ चैत ११ गतेबाट जारी गरिएको लकडाउन आज ४६ औं दिन सोमबारबाट केही खुला गरेसँगै अत्यावश्यक सेवाका पसलहरु खुलेका छन् । सरकारले पछिल्लो समय औषधि पसल, तरकारी पसल र खाद्यान्न पसलहरु खोल्ने निर्णय गरेपछि केही भीडभाड बढेको हो ।
सरकारले खाद्यान्न, उत्पादन र प्रशोधन, दुध तथा दुग्धजन्य पदार्थ, औषधी पसल, खानेपानी उत्पादन, पाउरोटी, विस्कुट र कन्फेक्सनरी र पशु औषधि र कीटनाशक औषधि लगायत सञ्चालन गर्ने पाउने निर्णय गरेको छ । शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्यवस्तु बिक्री वितरण गर्ने व्यवसायिक मलहरु र होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न नपाइने निर्णय सरकारले गरेको छ । बालुवा प्रशोधन तथा क्रसर, सिमेन्ट, जस्तापाता, विद्युत उत्पादन, फोहोरमैला सङ्कलन तथा प्रशोधन, वर्कसप, छापाखाना तथा प्रेससम्बन्धी उद्योग लगायतका क्षेत्र सञ्चालन छन् ।
त्यसैगरी काठमाडौं उपत्यकामा अत्यावश्यक र खाद्यान्न बोकेका सवारीसँगै निजी पासबाहक सवारी पनि सञ्चालनमा आएका छन् । मुख्य व्यापारिक मल तथा व्यापारिक क्षेत्रहरु अझै बन्द रहेपनि विभिन्न क्षेत्रमा रहेका तरकारी पसल, औषधि पसल र खाद्यान्नका पसलहरु खुलेका छन् । तरकारी तथा फलकुल किन्नेहरुको पसलमा भिड देखिन्छ । सडकमा समेत विगतका दिनभन्दा केही बाक्लो सवारी साधन चलेका छन् ।

- ADVERTISEMENT -