काठमाडौं । नेपालमा कोरोना संक्रमित संख्या बढ्ने क्रम जारी रहेको छ । आज शुक्रबार दिउँसो थप १९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेका १४ जना, कैलालीका ३ जना, डडेल्धुरा र बैतडीमा एक एक जना संक्रमितहरु थपिएको हो । योसँगै नेपालमा कोरोना संक्रमित संख्या ५०७ पुगेको छ ।
त्यसैगरी शुक्रबार नै २१ जना कोरोनामुक्त भएका छन् । जसमध्ये ९ जना महिला र १२ जना पुरुष रहेका छन् । उनीहरु १ देखि ६० वर्ष उमेरसम्मका रहेको बताइएको छ । योसँगै निको भई घर फर्कनेमा ७० जना पुगेका छन् । उनीहरु १७ देखि २०औं दिनसम्ममा डिस्चार्ज भएको हो । उनीहरु नेपालगंजको कोरोना अस्पताल खजुराबाट डिस्चार्ज भएका हुन् ।
- ADVERTISEMENT -
फेरि थपिए १९, भए ५०७ जना संक्रमित, ७० कोरोनामुक्त
May 22, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -