December 3, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विश्वभर कोरोनाका कारण ११७ नेपालीको मृत्यु

May 24, 2020

काठमाडौं । विश्वभर कोरोनाका कारण १ सय १७ जना नेपालीले ज्यान गुमाएका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वका विभिन्न देशमा रहेका ११७ जना नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।
यस हप्ता थप २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएको एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकमा उल्लेख गरिएको छ । थप २१ सहित शनिबार बेलुकासम्म ज्यान गुमाउनेको संख्या ११७ पुगेको हो । तथ्यांकअनुसार यो हप्ता युएईमा ९, साउदी अरेबियामा ५, बेलायतमा २, नेपालमा २, अमेरिकामा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको ज्यान गएको हो ।
कोरोनाका कारण सबैभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालीको मृत्यु भएको एनआरएनएका स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाको भनाइ छ । यस्तै संयुक्त अरब इमिरेट्समा १८ जना नेपालीले ज्यान गुमाएका छन् ।
यसैगरी कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या अमेरिकामा १६ पुगेको छ । साउदी अरबमा ७, नेपालमा ३, कतारमा १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ ।

- ADVERTISEMENT -