February 12, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

थपियो १९ जना, कोरोना संक्रमितको ६ सय ३

May 24, 2020

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा थप १९ जनामा संक्रमण पुष्टि भएको छ । आइतबार काठमाडौँको सोह्रखुट्टेमा १ जना, नुवाकोटको ककनीमा १ जनासहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए ।
संक्रमित हुनेहरुमा मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौँ सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना थपिएका हुन् ।
नुवाकोटमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको छ । अब देशका ७७ मध्ये ४२ जिल्लामा कोरोनाको संक्रमण देखिएको हो । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको प्रवक्ता डा. देवकोटाले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ ।

- ADVERTISEMENT -