२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025
२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रेस युनियन चितवनले मनाए स्थापना दिवस

प्रकाशित मिति : २०७७ जेष्ठ १४ गते
- ADVERTISEMENT -

चितवन । प्रेस युनियन चितवन शाखाले मंगलबार २९औं स्थापना दिवस मनाएको छ । उक्त अवसरमा दीप प्रज्ज्वलन तथा शुभकामना आदानप्रदान गरेर मनाएको हो ।
नेपाल प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले कोरोना भाइरस र लकडाउनका कारण सञ्चार क्षेत्र प्रभावित भइरहेको यस्ता विपद्को समयमा पत्रकारको दायित्व र भूमिका अझ सशक्त हुने बताए ।
उनले सञ्चारकर्मीहरु आफू सुरक्षित भएर समाचार सम्प्रेषण गर्नु पर्ने बताए । सञ्चारकर्मीहरुको लागि सरकारले अलग्गै राहत प्याकेज घोषणा गरेर प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो ।
यस्तै युनियनका चितवन अध्यक्ष अनिल ढकालले पत्रकारहरुले देश, समाजको लागि गरेको योगदानको कदर गर्नुपर्ने बताए । पत्रकारिताको क्रममा ज्यान गुमाएका पत्रकारको समेत उनले स्मरण गरे ।
कार्यक्रममा युनियनका पूर्व अध्यक्ष तथा अग्रज पत्रकार गणशेखर शर्मा, प्रेस युनियन तथा पत्रकार महासंघका केन्द्रीय सदस्य सिर्जना अर्याल, युनियनका केन्द्रीय सदस्य बसन्त पराजुली, पूर्व अध्यक्ष नारायण अधिकारीलगायत संचारकर्मीको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -