June 14, 2024

एकैदिन २८८ संक्रमित, पुग्यो २०९९ जना

June 2, 2020

काठमाडौं । नेपालमा थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार नियमित पत्रकार सम्मेलनमा थप २ सय ८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए । योसँगै कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको हो ।
यसैगरि आज थप ४५ जनामा कोरोना निको भएको समेत स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै कोरोना निको हुनेको संख्या २ सय ६६ पुगेको छ । जसमा २१२ जना पुरुष र ५४ जना महिला रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -