October 3, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गण्डकी प्रदेशमा थप १६, पुग्यो ४२ जना संक्रमित

June 4, 2020

पोखरा । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ, स्याङजा, म्याग्दी र पर्वतमा गरी १६ जना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यालयले जनाएको छ ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा उनीहरुलाई संक्रमण भएको देखिएको हो । बिहीबार थप भेटिएका १६ सहित प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ ।
प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार थपिएका संक्रमितहरुमा बागलुङको निसीखोला गाउँपालिकाका ३ जना, बडीगाड गाउँपालिकाका ४ जना र गल्कोट गाउँपालिकाका ३ जना रहेका छन् ।
त्यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका एक जना, म्याग्दीको मंगला गाउँपालिकाका एक जना तथा पर्वतको बिहादी गाउँपालिकाका २ जना र फलेबास नगरपालिकाका २ जना रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -