April 23, 2025

खुल्ने भयो क्षेत्रपुरको फलफूल तथा तरकारी बजार

June 4, 2020
- ADVERTISEMENT -

क्षेत्रपुर, चितवन । लकडाउनका कारण चैत्र १८ गतेदेखि बन्द भएको महानगर तथा फलफूल तरकारी बजार शुक्रबारदेखि संचालन आउने भएको छ । शुक्रबारबाट संचालन हुने उक्त बजार बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म संचालन हुन लागेको तरकारी बजारसँग सम्बद्ध संस्था कृषि प्रबर्धन तथा बजार विकास प्रा.लि.का प्रबन्ध निर्देशक थिरप्रसाद धितालले जानकारी दिए ।
प्रबन्ध निर्देशक धितालका अनुसार अहिले तरकारी बजार होलसेल पसल मात्र संचालन हुने र स्थानीय उत्पादनलाई मात्र बिक्री वितरण गरिने छ । कृषकबाट आयातित तरकारी वडाको सिफारिसमा मात्र तरकारी बजारमा भित्र्याउने उनको भनाइ छ । महानगर फलफुल तथा तरकारी बजारमा ६० वटा होलसेल पसल रहेका छन् । फलफुल तथा तरकारी बजारमा तत्कालका लागि खुद्रा बेच्न भने रोक लगाइएको उनले भने ।
उनले भने उत्पादित तरकारी बजारसम्म पु¥याउन नसक्दा किसानहरु समस्यामा पर्दै आएका छन् । बजार खुल्ने भएपछि किसानहरुलाई केही राहत हुनेछ ।
तरकारी बजार संचालनका लागि महानगर फलफुल तथा थोक बजार समिति र टोल विकास संस्था बिचको संयुक्त बैठकले शुक्रबारदेखि फलफुल तथा तरकारी बजार खोल्ने सहमति भएको हो ।
भारतीय तरकारी बोकेका गाडी मण्डीका ब्यापारीले ल्याउन थालेपछि जिल्ला प्रशासन कार्यालयले फलफुल तथा तरकारी बजार बन्द गराएको थियो । कोरोनाको संक्रमण फैलिन थालेपछि स्थानीयबासीले समेत तरकारी बजार बन्द गराउन दबाब दिएका थिए । अहिले पनि भारत तथा अन्य मुलुकबाट तरकारी तथा फलफुल ल्याउन भने बन्देज गरिएको छ ।

- ADVERTISEMENT -