March 16, 2025
- ADVERTISEMENT -

संक्रमित पुग्यो ३४४८, निको ४६७ जना

June 7, 2020

काठमाडौँ । नेपालमा थप २१३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । आइतबार नियमित पत्रकार ब्रिफिङमा २१३ जना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थपिएका संक्रमितहरुमा २०९ जना पुरुष र ४ जना महिला रहेका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ ।
निको भई घर फर्कनेमा ४ सय ६७ जना रहेका छन् । पछिल्लो समय १०२ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म ७१ जिल्लामा कोरोना संक्रमण फैलिएको बताए ।

- ADVERTISEMENT -