December 3, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विश्वभर संक्रमित ७० लाख, ३४ लाख बढी निको

June 7, 2020

भरतपुर । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण ७० लाख ९ हजार १ सय ३२ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेमा ४ लाख २ हजार ६ र ९६ जना रहेका छन् ।
डब्लुएचओका अनुसार कोरोनाबाट निको भई घर फर्कनेमा ३४ लाख २९ हजार ३ सय २१ जना रहेका छन् ।
यसैबीच अमेरिकामा संक्रमित १९ लाख ८९ हजार ९ सय ८४ जना छन् भने ७ लाख ५२ हजार ४८ जना निको भएका छन् । मृत्यु हुनेमा १ लाख १२ हजार १ सय १३ जना रहेका छन् ।
त्यसैगरी ब्राजिलमा ६ लाख ७६ हजार ४ सय ९४ जना संक्रमित पुष्टि भएको छ भने ३ लाख २ हजार ८४ जना निको भए घर फर्केका छन् । संक्रमितहरु मध्ये ३६ हजार ४४ जनाले ज्यान गुमाएका छन् ।
रुसमा ४ लाख ६७ हजार ६ सय ७३ जना संक्रमित रहेको छ भने २ लाख २६ हजार ७ सय ३१ जना निको भएका छन् । ज्यान गुमाउनेको संख्या ५ हजार ८ सय ५९ जना रहेका छन् ।
यसैगरी भारतमा २ लाख ४८ हजार २ सय २१ जना कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ भने १ लाख १९ हजार ३ सय ९६ जना निको भएका छन् । ज्यान गुमाउने संक्रमितहरु ६ हजार ९ सय ५७ जना रहेका छन् ।
चिनमा ८३ हजार ३६ जना कोरोना संक्रमित छन् भने ७८ हजार ३ सय ३२ जना सन्चो भई घर फर्केका छन् । कोरोनाबाट ज्यान गुमाउनेमा ४ हजार ६ सय ३४ जना रहेका छन् ।

- ADVERTISEMENT -