May 18, 2024

१ सय १ जनाले दिए रगत

June 7, 2020

नारायणगढ, चितवन । नेपाल तरुण दल चितवनले आइतबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नारायणगढस्थित पर्व व्याङ्क्वेटमा भएको कार्यक्रममा १५ जना महिलासहित १ सय १ जनाले रक्तदान गरेको संयोजक प्रदीप लामिछानेले जानकारी दिए । कार्यक्रमको नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले उद्घाटन गरेका थिए ।
सभापति श्रेष्ठले रक्तदान जस्तो महत्वपूर्ण कार्य गर्ने तरुण दललाई धन्यवाद दिएका थिए । कार्यक्रमका सभापति तरुण दलका जिल्ला अध्यक्ष राजन ताम्राकारले जिल्लामा रगत अभाव भएकाले थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले रक्तदान गरिएको बताए ।
अध्यक्ष ताम्राकारले भने लकडाउनका कारण चितवनमा रगतको चरम अभाव भएको छ । रक्तदान कार्यक्रमहरु नहुँदा जिल्लामा रगत अभाव भएको उनको भनाइ थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -