May 20, 2024

वडा नं. १६ का १०० परिवारलाई राहत वितरण

June 8, 2020

मंगलपुर, चितवन \ गरिब तथा विपन्न वर्ग १०० घर परिवारलाई राहत वितरण गरिएको छ । गत शनिबार ६० घरधुरी र सोमबार ४० घरधुरी गरी दुई पटक गरेर राहत वितरण गरिएको भरतपुर वडा नं. १६ का अध्यक्ष अमृतराज हमालले जानकारी दिए ।
काठमाडौं निवासी सरोज थापा र हरिकृष्ण अधिकारीको पहल तथा वडाको समन्वयमा उक्त राहत वितरण गरिएको वडाध्यक्ष हमालले बताए ।
लकडाउनका कारण समस्यामा परेका गरिब तथा विपन्न वर्गहरुलाई वडासँग समन्वय गरेर उक्त राहत वितरण गरिएको थापा र अधिकारीले बताए । खाना नपाएर कोही मर्न नपरोस भन्ने मानवीय भावनाले सेवा गर्न काठमाडौंदेखि नारायणगढ आएर उक्त सहयोग गरिएको थापा र अधिकारीद्वयको भनाइ थियो ।
विपन्न तथा गरिब परिवारलाई राहतमा १५ केजी चामल, दाल १ केजी ५०० ग्राम, तेल १ पोका, नुन १ पोका दिइएको थियो ।
वडामा रहेका विपन्न तथा गरिबलाई यसअघि पनि खाद्यान्न समस्या परेका परिवारलाई राहत वितरण गरिदैँ आएको वडाध्यक्ष हमालको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -